Uncategorized

नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७३ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विज्ञान मनुष्य जातिको साझा सम्पदा हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो ।  आधारभूत विज्ञान र अनुसन्धान प्रविधि विकासको मेरूदण्ड मानिन्छ । देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । देशमा विज्ञान प्रविधिको विकास गर्न नीति, रणनीति, कार्यक्रम तथा प्राथमिकता राज्यले अपनाउनु पर्दछ । नेपालमा विज्ञान प्रविधि क्षेत्रको उचित विकास गर्न राजनीतिकर्मी र वैज्ञानिकबीचको नियमित र निकट अन्तर्क्रिया र संवाद हुनु जरुरी छ । विज्ञान प्रविधिको विकासलाई देशको आर्थिक विकाससँग जोड्ने काम सफलतापूर्वक हुन पर्दछ । वैज्ञानिक ज्ञानको विकासले मानव जातिमा ठूलो लाभदायक परिवर्तन ल्याएको छ । राष्ट्रनिर्माणको महान् अभियानमा बिज्ञान, प्रबिधि, सूचनाका माध्यमले नेपाली समाजको हरेक वर्गमा वैज्ञानिक चेतनाको बिकास गर्न यो पत्रीकाले भविष्यमा अझ प्रभावकारी भूमिका खल्नेछ  ।

   गोपाल भण्डारी

   (प्रधान-सम्पादक)

– साईन्स इन्फोटेक पत्रीका

Website: http://np.scienceinfotech.com

                     http://scienceinfotech.com

Facebook Page: https://www.facebook.com/scienceinfotech

Facebook Group: https://www.facebook.com/groups/1386200971647969

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!