खेलकुद

टेनिस खेलाडी रोजर फेडरर दुर्घटनामा परी गम्भीर घाईते भन्ने खवर भ्रामक

काठमाडौं, ४ कात्तिक ।  कीर्तिमानी टेनिस खेलाडी रोजर फेडेरर स्पेनको राजधानी मड्रिडमा भएको एक भयानक कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् भन्ने खवर नेटलाइभमिडियामा छापिएको थियो ।

साथीहरूसँग राति पार्टी गरेर फर्केका फेडरर बिहीवार एकाबिहानै उक्त दुर्घटनामा परेका थिए । उनको गाडी रेलिङमा ठोक्किएको थियो ।‘उनी अहिले अत्यन्तै गम्भीर अवस्थामा छन्,’ फेडररका प्रवक्ता कार्ले कानोसले एपीलाई बताए, ‘चिकित्सकहरूले उनलाई निको पार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।’

मड्रिडको प्रहरीले दुर्घटनास्थलमा अनुसन्धान गरिरहेको बताएका छन् । ब्ल्याक बेन्ज गाडीमाथिको नियन्त्रण गुमाएर फेडररले सडकछेउको पोलमा ठोक्काएको बुझिएको छ । उक्त घटना बिहान पाँच बजे भएको थियो । फेडरर यसअघि कहिलेपनि कार दुर्घटनामा परेका थिएनन् ।

तर सामाजिक सञ्जाल ट्विटरका प्रयोगकर्ता मोहनदास मेनन र म्याट स्पेन्सरले यो समाचार झुटो हो भन्दै पोस्ट गरेका छन् । स्पेन्सरले दुर्घटनाको फोटो पुरानो भएको टिप्पणी गरेका छन् । फेडररका तर्फबाट आधिकारिक जानकारी प्राप्त भएको छैन । तर यसको बारेमा अझ सम्म कुनै आधिकारीक पुष्ठी हुन सकेको छैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!