लेखहरु

नेपालमा किन विकास हुन सकेन ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा किन विकास हुन सकेन ? हामी सामाजिक प्राणी हौं समाजमा हाम्रो के कस्तो भूमिका रहनुपर्छ भन्ने कुरा हरेक मानिसले जबसम्म बुझ्न सक्दैन तबसम्म परिवर्तन सम्भव छैन । देशमा हाल के हुनुपर्छ र के भइरहेको छ भन्ने मुल्याङ्कन गर्ने दायित्व जनताको हो । परिवर्तन समयको माग हो आज हामीले विगतको पाना पल्टाएर हेर्ने हो भने देशमा खासै परिवर्तन हुन सकेन यसलाई हामीले आफ्नो कमजोरी ठान्दा खासै फरक नपर्ने देखिन्छ । लोकतन्त्र आएको पनि करिब १० बर्ष भइसकेको छ ।

यो १० बर्षमा परिवर्तन नभएको भन्न मिल्दैन किनभने जतिपनि परिवर्तन भए यूवाले विदेशबाट पठाएको पैसाले परिवर्तन गराएको छ । यूवा पलायन हुने दर झन बढ्दैछ । आज देशमा ठूलो परिवर्तन हुनुमा अर्कोतर्फ धर्म परिवर्तन पनि एक हो ।

मानिसहरूमा आस्था सवै पैसामा गएको छ कसैले सहयोग गर्छ की भन्ने कुराले नै सवैभन्दा ठूलो स्थान नेपालमाओगढ्दैछ यसले देशमा नराम्रो स्थिति पैदा गराउन सक्ने संकेत बढ्दैछ । विकास किन हुन सकेन? यो प्रश्न आज हरेकको मनमा छ तर बाहिर आउन सकेको छैन । चाहना भए नेपालमा विकासको ठूलो सम्भावना थियो तर बिकास त भयो देशको नभएर व्यक्तिको ।

जबसम्म हरेक नेपालीको मनमा जिम्मेवारी बोध हुने छैन त्यति बेला सम्म विकास नहुने निश्चित छ । चुनाब लडे पैसा कमाउन किनकि यहाँ जनताको पनि गल्ती छ । कुनै पनि व्यक्तिले घरखेत या बैंकको ऋण लिएर चुनाब लडछ भने त्याहा स्वार्थ छ भनेर बुझ्नुपर्छ । आज हामीले नेतृत्व चयन त गरेउ तर व्यापारी व्यापारीले पहिलो भुमिका पैसा कमाउनमा दिमाग खर्च गर्छ र मात्र केहि सोच्छ सोच्दा सोच्दै समयले नेटो काटी सकेको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!