विचार-विश्‍लेषण

स्वास्थ्य धन हो भने जिब्रो रोगको घर हो

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

स्वास्थ्य धन हो भने जिब्रो रोगको घर हो । आज जतिपनि रोग हामीले पाएका छौं सवै जिब्रोको देन हो । स्वादले गर्दा अनेकौं रोग हामीले पाएका छौं । जीब्रोको कारण मिठो मिठो खाना हामीले खान्छौं तर हामिले सोचेका हुदैनौं । मिठो खानाले रोग लाग्छ ।

अहिलेका पुस्ता सोध्नुहोस्, ‘भोकको अनुभव छ ?’ उनीहरुले ‘अँह’ वा ‘छैन’ भन्ने संकेत गर्छ सक्छन् किनभने हामीसँग यति धेरै खानेकुरा उपलब्ध छन् कि जतिबेला जसरी पनि खान सकिन्छ ।

जब भोक लाग्छ, हाम्रा लागि चाउचाउ उपलब्ध छ । जब भोक लाग्छ, हाम्रा लागि बिस्कुट तयार छ । जब भोक लाग्छ, हाम्रा लागि अनेक नुडल्स छन् । जब भोक लाग्छ, हाम्रा लागि प्याकेजिङ खानाहरु छन् । टेलिभिजन, पत्रपत्रिकामा यी खानेकुराको आकर्षक विज्ञापन देख्न सकिन्छ । हेर्दा पनि खाउँ-खाउँ लाग्ने हुन्छ । खानेकुरा देख्नसाथ मुखमा पानी आइहाल्छ ।

यस्ता खानेकुराले जिब्रोलाई पनि लोभ्याउँछ त्यही कारण साना बच्चादेखि बुढाबुढीको जिब्रो समेत यस्तै खानामा चाडै अभ्यस्त हुन्छ जबकी बालबालिकालाई घरमै तयार गरिने उसिनेको खानेकुरा, सागपात, फलफूलमा बानी पार्न निकै समय लाग्छ ।

कुनैपनि खाना खादा हामीले के यो खाना स्वास्थ्य कर छ भनेर बुझेका हुदैनौ । आज हरेक घरमा रोगले मानीसलाई थला टेकाएको छ । हरेक परिवारले यदि खानपानमा ध्यान दिन सकेको भए थुप्रै पैसा विदेशीनु बाट रोकिने थियो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।  

यो पनि पढ्नुहोस्  

के मानिसको तीनवटा आँखा छन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!