टिप्स

रातभरि मनमा कुरा खेलेर निद्रा लागेन भने यसो गर्नुहोस्

रातभरि मनमा कुरा खेलेर निद्रा लागेन भने यसो गर्नुहोस् ! अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहुन्छ । आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ । पहिलो, गोडाको बुढी औंला र दोस्रो औंला बीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ । तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् 

निद्रा लागेन भने यसो गर्नुस्

के तपाईलाई निद्रा लाग्दैन ?

निद्रा लाग्दैन ? सजिलै निदाउनको लागि के गर्ने के नगर्ने !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!