हेल्थ टिप्स

निद्रा लागेन भने यसो गर्नुस्

निद्रा लागेन भने यसो गर्नुस् ! मनमा कुरा खेल्ने, चिन्ता र तनाव लगायत कारणले कतिपयलाई निद्रा नलाग्ने समस्याले सताउँछ । भनिन्छ घरको वास्तुवास्तु ठीक छैन भने पनि त्यो घरमा मानिसलाई निद्रा आउँदैन । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसन, मोटोपन जस्ता समस्या उत्पन्न हुने गर्छन् । राति राम्ररी निदाउन घरमा सुत्ने वातावरण हुनुपर्छ । बिछयाउनमा जानुभन्दा एक घन्टाअघि टेलिभिजन, ल्यापटप, मोबाइल आदि बन्द गर्नुपर्छ । सुत्ने कोठा अँध्यारो हुनुको साथै शान्त हुनुपर्छ । निद्रा लागेन भने यसो गर्नुस् ।

१. पेय पदार्थ कम गर्ने

बढी मात्रामा पेय पदार्थ, चिया, चुरोट, खैनी सेवन नगर्नुस्  । दिउँसो दुई बजेपछि चिया, कफीजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन ।

२. राति हलुका खानेकुरा खाने

सुत्नुभन्दा ३ घन्टा पहिले खाना खानुस् । राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ ।

३. सुत्नुअघि मदिरा नखाने

निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकि, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ ।

४. बढी मदिरा नखाने

निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नु हुँदैन । बढीमा दुई पेग मदिरा पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ, जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ, जसले निद्रालाई भंग गरिदिन्छ ।

५. तातो पानीले राति ननुहाउने

अफिसबाट फर्किएर फ्रेस हुन कतिपयले तातो पानीले नुहाउने गर्छन् । तर, तातो पानीले नुहाउँदा गहिरो निद्रा पर्दैन । किनकि, निदाउन शरीर एक हदसम्म चिसो हुनुपर्छ । नुहाउनै परे सुत्नुभन्दा तीन घण्टाजति अघि नै बाथरुम छिरिसक्नुपर्छ ।

६. मधुरो बत्ती बाल्ने

मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ ।

७. मोबाइल नचलाउने

ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।

८. रुटिन बनाउने

सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

९. व्यायाम नगर्ने

सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ ।

१०. चुरोट छोड्ने

चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि भरसक चुरोट नखानु राम्रो ।

११. औषधि चाँडो खाने

प्रेसर, डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने गरिन्छ । यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

१२. मनका कुरा लेख्ने

मनमा अनेक कुरा खेलिहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा पर्छ ।

१३. कथा सुन्ने

रेडियो अथवा ल्याबटपबाट राम्रा कथा सुन्दै निदाउन सजिलो हुन्छ ।

१४. सकारात्मक बन्ने

नराम्रो चिताउने र सोच्ने बानीले पनि निदाउन गाह्रो गर्छ । अरूको भलो चिताउने, जीवनप्रति सकारात्मक बन्ने अभ्यास गर्नुपर्छ ।

१५. गहिरो सास लिने

फुर्सदमा गहिरो र लामो सास लिने गरेमा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले व्यक्तिलाई तनावरहित मुद्रामा पुयाउँछ । गहिरो श्वास लिँदा पाँच सेकेन्डसम्म श्वास तान्ने, तीन सेकेन्ड रोकिरहने र पाँच सेकेन्डमा श्वास फाल्ने गर्नुपर्छ ।

१६. खानपिनमा होश पुयाउने

मीठो निद्राका लागि माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढीलाई हरेक दिनको खानामा समावेश गर्नुपर्छ ।

१७. दिउँसो नसुत्ने

दिउँसो नसुत्नुस्, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म आराम मात्रै गर्नुस्।

१८. यौवन क्रिडा

निद्रा लागेन भने हस्तमैथुन गर्नाले पनि राहत दिन्छ । हस्तमैथुन गर्दा दिमागमा डोपामाइन र इन्डोर्फिन जस्ता केमिकल उत्सर्जन हुन्छन्, जसले मानिसलाई आनन्दित र तनावरहित बनाई निदाउन मद्दत गर्छ । सुत्नुअघि सेक्स गर्नाले पनि मीठो निद्रा लाग्छ ।

१९. ज्योतिष बिज्ञान

ज्योतिष बिज्ञानमा ध्यान दिनुहोस । भनिन्छ घरको वास्तुवास्तु ठीक छैन भने पनि त्यो घरमा मानिसलाई निद्रा आउँदैन । घरमा तुलसीको विरुवा लगाउनुहोस् । घरको आसपास हमेशा सफा राख्नुहोस् । घरमा नियमित गौमूत्र छर्किनुहोस् । घरमा नीमको धुनी जगाउनुहोस् । घरमा वनस्पती द्वारा हवन गराउनुहोस् ।

यो पनि पढ्नुहोस् 

के तपाईलाई निद्रा लाग्दैन ?

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!