हेल्थ टिप्स

जाडोमा कुर्कुच्चाको स्याहार

जाडोमा कुर्कुच्चाको स्याहार ! पैतालामा तैलीय ग्रन्थी नभएकोले जाडो याममा कुर्कुच्चा बढी फुटने गर्छ । जाडोमा चिसोबाट खुट्टालाई जोगाउन नसक्दा खुट्टा तथा कुर्कुच्चा फुट्ने समस्या देखिने गर्दछ । जाडोमा चिसोमा हिँड्दा, खुट्टा नधुँदा, कुर्कुच्चा सफा नगर्दा प्रायको कुकुच्चा फुट्ने गर्दछ । जाडो मौसममा खुट्टालाई राम्रो र मुलायम राख्न खुट्टासँगै कुर्कच्चाको पनि रेखदेख र स्याहार गर्न आवश्यक छ । जाडोमा कुर्कुच्चाको स्याहार यसरी गर्नुहोस।

१.  सुत्नुभन्दा पहिले खुट्टालाई मनतातो पानीमा डुबाएर १५ मिनेट राख्नुपर्छ । पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन तिल वा नरिवलको तेलले प्रत्येक रात मालिस गर्नुपर्छ । नरिवलको तेल तथा ग्लिसिरिङ लगाउने अनि सुतीको मोजा लगाएर सुतेमा फुटेको कुर्कुच्चा एक महिनाभित्रै पहिलाको जस्तै सफा र सुन्दर हुन्छ ।

२. कुर्कुच्चा फुटेको छ भने अप्युनिक स्टोन (दल्छी ढुंगा) ले त्यो फुटेको भागमा रगडेर फोहोर तथा मरेको छाला हटाउनुपर्छ । कुर्कुच्चामा दिनहुँ स्क्रब गरेर मोइस्चराइरजर लगाउनुपर्छ ।

३. एप्रिकोट क्रिम लगाएर रातभरि रहन दिनुपर्छ । नियमित यो उपाय अवलम्बन गरे फुटेको कुर्कुच्चाको समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

४. सुत्न जानुभन्दा पहिले पेराफिन वाक्स पगालेर त्यसमा थोरै तोरीको तेल मिसाउनुपर्छ । यसको मिश्रणलाई फुटेको ठाउँमा लगाउनुपर्छ

५. पाकेको केरामा जैतुनको तेल मिसाएर कुर्कुच्चाको फुटेको ठाउँमा लगाउनुपर्छ । १५ मिनेट राखेर त्यसलाई धुनुपर्छ । यसबाट फुटेको कुर्कुच्चाको समस्या हल हुन्छ ।

६. मनतातो पानीमा नुन हालेर त्यसमा आफ्नो खुट्टा केही समय डुबाउने । यो प्राकृतिक पेडिक्योर पनि हो ।

७. यदि खेतबारीमा काम गरेर खुट्टा फोहोर भएको छ भने मनतातो पानीले दैनिक सफा गरेर नरिवलको तेल वा ग्लिसिरिङ लगाउनाले पनि खुट्टा फुट्नबाट जोगाउन सकिने ।

८. सातामा एक पटक सुत्नुअघि मनतातो पानीमा कागतीका रस मिसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने ।

यो पनि पढ्नुहोस्  

जाडोमा मह खानुको फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!