शास्त्र

दरिद्रता भित्र्याउने चिजहरु घरमा कहिल्यै नराख्नु

घरमा दरिद्रता भित्र्याउने चिजहरु कहिल्यै नराख्नु ! घरमा सुख, शान्ति र समृद्धि रहीरहन अलग अलग बस्तु र कामसँग जोडिएका पुरानो समयदेखि कयौं परम्परा प्रचलित छन् । सबैको घरमा केही न केही वस्तु टुटेफुटेको समानहरु हुन्छन । यस्ता टुटफुट समानहरु घरमा नराख्नु राम्रो हुन्छ । वास्तुशास्त्र अनुसार यस्ता चीज घरमा रहेसम्म नकारात्मक असर परिवारको सबै सदस्यमा हुनेछ । जसले गर्दा मानसिक तनाव बढ्छ र काममा गती नै बन्दैन । यसकारण धनसम्बन्धी कार्यमा पनि असफलता मात्रै हात लाग्छ । घरमा दरिद्रताको आगमन हुन सक्छ । घरमा दरिद्रता भित्र्याउने चिजहरु कहिल्यै नराख्नु ।
१. टुटेफुटेका भाँडाकुँडा
प्राय मानिसहरु कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर टुटे फुटेका भाँडाकुँडा घरका कुना कुनामा राख्ने गरेका हुन्छन् । तर त्यसरी टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यसैले टुटेफुटेका भाँडाकुँडा घरमा राख्नाले काम नलाग्ने बस्तुले घरफोहर देखिनुका साथै बास्तुदोष उत्पन्न हुन्छ । फलस्वरुप अनिष्ट मात्र हुन्छ ।
२. टुटेफुटेका ऐना
टुटेको ऐना राखनु वास्तुको अनुसार एक ठूलो दोस हो । यस दोसको कारण घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । अथवा परिवारका सदस्यलाई मानसिक तनावका सामना गर्नुपर्छ ।
३. टुटेको पलङ
वैवाहिक जीवनमा सुख शान्तिको लागि जरुरी हुन्छ कि पतिपत्नीका पलङ टुटेको नहोस् । यदी पलङ ठीक छैन भने पतिपत्नीको वैवाहिक जीवनमा अनेकौं व्यवधानहरु आउने सम्भावना बढ्दै जान्छ ।
४. बिग्रेको घडी
खराब घडी घरमा राख्नुहुँदैन । यसले के जनाउँछ भने घडीको स्थितिबाट हाम्रो घरपरिवारको उन्नती प्रगति हुन्छ । यदी घडी सही छैन भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्ने र सामाना गरेका कामपनि समयमै पुरा नहुने हुन्छ ।
५. टुटेफुटेका तस्बिर
घरमा टुटेफुटेका तस्बीरहरु छन् भनेपनि हटाई हाल्नुपर्छ । बास्तुका अनुसार यस्ता बस्तु दोषयुक्त मानिन्छ ।
६. टुटेफुटेका झ्यालढोका
मुख्य ढोका झ्यालहरु पनि टुटेका छन् भने तिनीहरुलाई पनि फेर्नुपर्छ यसले पनि नकरात्मक उर्जा प्राप्त गर्छ शुभकार्य हुन दिँदैन ।
७. टुटेफुटेका फर्नीचर
दैनिक प्रयोगमा आउने फर्निचरहरु पनि टुटेफुटेका छन् भने तिनलाई पनि मर्मत गरिहाल्नु राम्रो किनकी वास्तु अनुसार टुटेका फुटेका चिजबस्तु सँगालि राख्नु शुभ मान्दैन । घरमा समस्या मात्रै देखिन्छ । कुनै पनि काम तुरुन्त सफल हुँदैन ।

यो पनि पढ्नुहोस्

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ ?

कस्तो हुनुपर्छ घरको ढोका ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!