वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ ? वास्तुशास्त्र प्राचीन विज्ञान हो । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ । वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ। अन्यथा धेरै कुरामा समस्या आइपर्न सक्छ । वास्तुशास्त्र अनुसार घरको कुन दिशामा के हुनुपर्छ भन्ने जानकारी  तल प्रस्तुत गरिएको छ ।

पूर्व दिशा

पूर्व दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। यो दिशामा बरण्डा ढोका, झ्याल, वास बेसिन आदि बनाउनुपर्छ । यो दिशातर्फ फर्केर बालबालिकाहरूले अध्ययन गरे सकारात्मक परिणाम आउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गरी सूर्यलाई अर्घ दिनुपर्छ। सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुण्याउनुपर्छ।

दक्षिण-पूर्व दिशा

दक्षिण-पूर्व दिशालाई आग्नेय भनिन्छ। यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। यो दिशामा किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि राख्नुका साथै काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ। यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ। गणेशको पूजा गर्नुपर्छ। ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गर्नुपर्छ।

दक्षिण दिशा

दक्षिण दिशामा खुलापन हुनुपर्छ। यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन। यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ। दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्डाउनुपर्छ। यहाँ सुड भएको गणेश पनि झुन्डाउन सकिन्छ। यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ।

दक्षिण-पश्चिम दिशा

दक्षिण-पश्चिम दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरू बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन। मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ। यो दिशालाई खुल्ला छाड्नुहुँदैन । यहाँ झ्याल बनाउनुहुँदैन। वास्तु दोष भए घरमा राहु यन्त्र स्थापना गरी पूजा गर्नुपर्छ । प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ।

पश्चिम दिशा

पश्चिम दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन्। भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ। शनिबार व्रत बस्नुपर्छ।

उत्तर-पश्चिम दिशा

उत्तर-पश्चिम दिशालाई वायव्यकोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ। वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ। घरमा चन्द्रयन्त्र  राख्नुपर्छ।

यो पनि पढ्नुहोस्

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

कस्तो हुनुपर्छ घरको ढोका ?

दरिद्रता भित्र्याउने चिजहरु घरमा कहिल्यै नराख्नु

बास्तुशास्त्रका अनुसार यी ५ बस्तुहरु घरमा राख्दा सधै लक्ष्मीको बास हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!