राष्ट्रिय समाचारसमाचार

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

चैत २९, काठमाडौँ ।  अनुसन्धान तथा विकास प्रतिष्ठानले आयोजना गरेको तथा काठमाडौँ महानगरपालिका वडा न. १ को सहयोगमा भएको प्लाष्टिक प्रयोग घटाउन, हाम्रो व्यवहार परिवर्तनको जरुरी : एउटा कागजको कपबाट शुरु गरौ अभियान नामक जनचेतनामूलक कार्यक्रममा अस्ति चैत्र २७ गते बुधवार बोल्दै पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री ई. गणेश शाहले काठमाडौँ महानगरपालिका वडा न. १ ले दैनिक जीवनमा जनताको स्वास्थ्यसगँ प्रत्यक्ष सरोकार राख्ने तथा वातवरण जोगाउन सहयोग गर्ने विषयमा जनचेतनामूलक कार्यक्रमको लागि सहयोग गरेकोमा काठमाडौँ महानगरपालिका वडा न. १ र आयोजना गरेकोमा अनुसन्धान तथा विकास प्रतिष्ठानलाई धन्यवाद दिनु भएको थियो । साथै उक्त जनचेतनामूलक कार्यक्रम काठमाडौँ महानगरपालिकाका सवै ३२ वटै वडामा गरेर आम नागरिकलाई संचेत बनाउनुपर्ने बताउनुभयो ।

उक्त जनचेतनामूलक कार्यक्रमको उद्धेश्य प्लाष्टिक कपमा चिया खानुको सट्टा पेपर कपमा चिया खाने बानी बसाली काठमाडौँ महानगरपालिका वडा न. १ का नागरिकको स्वास्थ्यको रक्षा गर्नु र वातावरण प्रदुषणलाई घटाउनु रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार एवं केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक मधुसूदन सुवेदीले गर्नु भएको थियो । पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री एवं अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार ई. गणेश शाहलाई प्रमुख अथिति, त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन तथा अनुसन्धान तथा विकास प्रतिष्ठानका सल्लाहकार प्रा.डा. विजयसिंह सिजापतिलाई विशेष अथिति, आध्यात्मिक चिन्तक, मोटीभेशन स्पीकर तथा गीतकार विश्वनाथ बराललाई अथिति बनाइएको थियो । अनुसन्धान तथा विकास प्रतिष्ठानका अध्यक्ष तथा कार्यकारी निर्देशक गोपाल भण्डारीले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।

जनचेतनामूलक कार्यक्रम

प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निदेर्शिका-२०६८ ले कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले २० माइक्रोन भन्दा कम मोटाटका प्लाष्टिक झोला उत्पादन, बिक्री र प्रयोग निषेध गरेको छ । प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्र्देिशका-२०६८ ले नेपालमा पनि ५ आर सिद्धान्तलाई लागू गर्न सुझाव दिएको छ । विश्वब्यापी रुपमा प्रयोगमा आएकोे प्लास्टिकजन्य पदार्थको प्रदुषण कम गर्न ५ आर अर्थात रिडक्सन, रियुज, रिप्लेस, रिसाइकल र रिकोभरको सिद्धान्त नेपालमा तुरुन्त सवै नेपालीले प्रयोग गर्नु अहिलेको आवश्यकता हो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७२ वैशाख १ गतेदेखि काठमाडौ उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि २०७२ वैशाख १२ गते विनासकारी महाभूकम्प गएकोले गर्दा प्रभावकारी कार्यन्वयन हुन् सकिरहेको छैन ।

प्लाष्टिकको गिलासमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो । क्यान्सर विशेषज्ञ अनुसार प्लाष्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिसफिनल ए (बीपीए) का पग्लन थाल्छ । यसको लगातार लामो समयसम्म सेवनबाट गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सर गराउंछ । प्लाष्टिकको कपमा चिया पिउने र प्लाष्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिसफिनल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ । जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ । यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरा समेत बढ्छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ ।

बिसफिनोल ए एक ओर्गेनिक कृतिम यौगिक हो । यो एक रङहीन ठोस पदार्थ हो जुन ओर्गेनिक घोलकहरुमा घुलनशील छ भने पानीमा हल्का घुलनशील छ । प्लाष्टिकको गिलासमा तातो चिया वा पानी पिउनु मानव स्वाथ्यको लागि घातक मानिएको छ । एक अध्ययनका अनुसार प्लाष्टिकको गिलासमा तातो पानी वा चिया पिउँदा बिसफेनोल ए (BPA) नामक रसायनिक पदार्थ निस्कने गर्दछ जुन मानव स्वास्थ्यको लागि हानिकारक मानिएको छ ।

सूर्यको किरणले गर्दा तातेर पलाष्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ । यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले पलाष्टिकको बोतल वा गिलासलाई सूर्यको किरणबाट बचाउनुपर्ने हुन्छ । यूरोप र अमेरिकामा सन् २००९ देखि नै बिसफेनोल एको प्रयोग गरिएको प्लास्टिकको खेलौना र बच्चाहरूको लागि प्रयोग गरिने टिफिन बट्टाहरूमा प्रतिवन्ध लागि सकेको छ तर दुर्भाग्यवस नेपाल जस्तो विकासोन्मुख मुलुकमा भने यस सम्बन्धी जनचेतनाको अभाव छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!