मुख्य समाचारसमाचार

साइन्स ओलम्पियाड प्रतियोगिता सम्पन्न, विज्ञानका प्रतिभाहरु पुरस्कृत

माघ ११, काठमाडौं । नेपाल साइन्स ओलम्पियाडको आयोजनामा आज पुरस्कार वितरण तथा सम्मान कार्यक्रम नाष्टका नवनियुक्त उपकुलपति डा. सुनिल बाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवं पूर्व उपकुलपति प्रा. डा. जीवराज पोख्रेल, पूर्व विज्ञानमन्त्री गणेश शाहको विशेष आतिथ्यतामा, रिकास्टका कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारी र प्रा. डा. सिताराम ब्याउतको आतिथ्यतामा तथा डा. गिता राजभण्डारीको अध्यक्षता सम्पन्न भयो । युनिग्लोव कलेजमा भएको पुरस्कार वितरण कार्यक्रममा देशका विभिन्न विज्ञान अध्ययनरत विद्यार्थीहरुको माझ उत्कृष्ट ४० लाई प्रमाणपत्र, नगद पुरस्कार एवं छात्रबृत्ति प्रदान गरियो ।

ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजार काठमाडौंको अमित कुमार मिश्र प्रथम, राधेश्याम यादव दितिय, भि.एस. निकेतन सेकेण्डरी स्कूल काठमाडौंका सचिन आचार्य तृतीय भएको कुरा कार्यक्रमका संयोजक तथा नेपाल साइन्स ओलम्पियाडका सचिव केदारनाथ छत्कुलीले जानकारी गराउनु भयो । प्रमुख अतिथि लगायत विशिष्ट वक्ताहरुले नेपाल साइन्स ओलम्पियाडको यो योगदानको कदर गर्दै यस्ता कार्यक्रमले विज्ञान क्षेत्रमा युवा प्रतिभा जन्माउने र जसबाट राष्ट्रलाई नै फाइदा हुने कुरा उल्लेख गर्दै कार्यक्रमको निरन्तरताको आवश्यकतामा जोड दिइयो ।


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!