स्वास्थ्य

मधुमेह (Blood Sugar) र यसको उपचार

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आजकल के बच्चा, के बुढा धेरैजसोलाई मधुमेह (Blood Sugar) हुने गरेको पाइन्छ । सुगर (Sugar) रोग लागेको कतिपयलाई थाहै नभई रोग देखिने हुनाले समय समयमा फास्टिङ र पिपि हेरेर सुगर लेवल (Sugar Label) बढेको छ वा छैन भन्ने जानकारी प्राप्त हुन सक्छ । सुगर स्वास्थ्यमा ध्यान नदिने धेरै काममा व्यस्त हुनेहरूलाई बढी हुने गरेको पाइन्छ ।

सुगर रोग बढ्नुको प्रमुख कारणहरु

१. कम आराम बढी काम ।

२.औषधि सेवन गर्न भुल्ने इंसुलिनको मात्रामा कमी हुनु ।

३. कहिले काही शरीरमा इन्फेक्शनको कारणले पनि सुगर रोग बढ्ने सम्भावना बढ्न सक्छ ।

४. स्ट्रेसको कारणले पनि सुगर लेवल १५० देखि २०० सम्म हुन सक्छ ।

यो पनि पढ्नुहोस्

मधुमेह (Diabetes) र यसको उपचार

मधुमेहको सफल उपचारमा बरको प्रयोग

मधुमेह रोगमा के खाने के नखाने ?

मधुमेहको कारण, लक्षणहरु र उपचार

मधुमेह र यसको दीर्घकालीन उपचार

मधुमेह र यसवाट बच्ने उपाय

मधुमेह रोगीले खान हुने र खान नहुने खानेकुराहरु

समयमा मधुमेह (Blood Sugar) को उपचार नभएमा हुन सक्छ

१. सुगर रोगको सवैभन्दा पहिलो असर आँखाको रेटिना पर्न सक्छ ।

२. सुगरको अर्को असर किड्नीमा (Kidney) देखिन सक्छ ।

३. सुगरले नशामा पनि असर देखाउन सक्छ ।

४. सुगरले मुटुमा पनि असर देखाउन सक्छ ।

५. सुगरको लेवल जति जति बढ्न थाल्दछ त्यही अनुपातमा शरीरमा इन्फेक्शन बढ्ने सम्भावना अत्यधिक देखिन थाल्दछ ।

सुगर भए नभएको जाँच समय समयमा ब्लड चेकअप गराइ रहनुपर्छ । सुगरको लेबल बढी देखिएमा डाक्टरसंग परामर्श लिएर उपचार गराउनु पर्दछ ।

उपचार

१. Metformin Hydrochloride G1 खानाको बिच्मा डाक्टरको परामर्श लिएर दिनमा २ पटक दैनिक सेवन गरेमा राम्रो फाइदा देखिन्छ ।

Like & Follow us on Facebook

सुगरको घरेलु उपचार

१. बरको रूखको बोक्रा ल्याएर थिच्ने र ४०० ग्राम जति पानी हाल्ने र पकाउने २० ग्राम जति पानी बाँकी भएपछि सेलाएर कपडछान गरी सेवन गर्नाले सुगर लेवल कम हुन थाल्दछ ।

२. करेला जामुन जुस ३० एम.एल खाना अघि सेवन गराउदा राम्रो फाइदा देखिएको छ ।

३. सुगर भएको थाहा हुनासाथ खानपिनमा ध्यान दिन आवश्यक छ । कुनैपनि रोग लाग्नुको प्रमुख कारण भनेको लापरबाहीलाई मान्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!