खानपान

स्वास्थ्यको लागि माछा खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

माछा मलाई सारै मन पर्छ । म मासुको तुलनामा बढी माछा खाने गर्छु । मेरो घरमा बढी माछा पाक्ने गर्छ । माछाको सेवन मानव स्वास्थ्यको लागी हितकर मानिन्छ । हाम्रो मुटु, मष्तिष्कलाई आवश्यक हुने तत्व माछामा पाइने विविध वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागि सकेको छ ।

माछाका नकारात्मक पक्ष पनि छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रा असरहरु पनि गर्न सक्छ । माछामा प्रशस्तै प्रोटिन र भिटामिन-डी पाइन्छ जसले हाम्रो शरीरका मांसपेसीको वृद्धि र विकास गर्छ । आजको लेखमा माछा खानुका फाइदा बेफाइदाबारे प्रकाश पार्ने जमरको गर्दैछौं ।

माछा होस् या जुनसुकै बस्तु किन नहोस बढि सेवन गर्दा हानी गर्न सक्छ । यसले हानी गर्छ भनेर हामीले प्राय: माछा होस् या अन्य बस्तु किन नहोस् सेवन गर्न डराउछौं । यो गलत हो यस्ले बेफाइदा भन्दा धेरै फाइदा गरेको अनेकौं उदाहरण पेश गर्न सकिन्छ । माछा खानुस अरूलाई पनि माछा खान प्रोत्साहन गर्नुस मासुको तुलनामा माछा धेरै ठिक छ । सेयर गरेर धेरै भन्दा धेरैलाई जानकारी दिनुस भन्ने हाम्रो आग्रह छ ।

माछा सेवनबाट हुने ९ फाइदाहरू

१. माछामा ओमेगा ३ फैटी एसिड पाइने भएकोले डिप्रेशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

२. माछामा प्रशस्तै प्रोटिन र भिटामिन-डी पाइन्छ जसले हाम्रो शरीरका मांसपेसीको वृद्धि र विकास गर्छ ।

३. माछामा प्रोटिन बढी हुनाले प्रोटनको आवश्यक भएमा माछाको सेवन गर्नुस ।

४. माछाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २ देखि ३ पटकसम्म माछा सेवन गर्छन् उनीहरुलाई हृदयघातको सम्भावना कम रहन्छ ।

५. माछाको सेवनबाट दम कम हुने गरेको एक अनुसन्धानले भनेको छ । अनुसन्धान अनुसार माछाको सेवन धेरै गर्ने मानिसमा दमको समस्या कम पाइने गरेको छ ।

६. माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

७. माछाको सेवनले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

८. मधुमेह भएकाले पनि माछा सेवन गर्नु हुदैन । माछामा कोलेस्ट्रोल बढी हुने भएकोले यो सुगर हुनेहरुलाई घातक बन्ने गर्छ ।

९. माछामा कोलेस्ट्रोल बढी हुने भएकाले कोलेस्ट्रोल नबढोस् भन्नेहरूले माछा सेवन नगर्दा ठिक हुनेछ ।

नोट : माछामा काँडा हुने हुदा ध्यान दिएर नखाएमा ज्यान समेत जान्छ । यो माछा बनाउने वा पकाउनेमा पनि भर पर्छ, माछा घाटिमा अड्किएको खण्डमा केरा खानुपर्छ । केरा सकेसम्म कम पाकेको भएमा माछाको काढा झार्ने काम गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि चना खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!