स्वास्थ्य

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सोयाबीनमा प्रशस्त प्रोटिन लगायत अन्य पोषक तत्व पाइन्छ । मलाई सोयाबीनको अचार मनपर्छ । आजको लेखमा सोयाबीनबाट के कस्ता रोगमा उपयोग गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नेछु । हाम्रा पुर्खाहरूले गाई भैसीको मल हालेर तरकारी उत्पादन गर्दथे यसरी उत्पादन गरेको तरकारी पौष्टिक हुनुको साथै स्वास्थ्यमा पनि राम्रो फाइदा गर्दथियो ।

आज तरकारीमा विषादी होस् वा जुनसुकै बालीमा विषादी नराखेको तरकारी भेटाउन गार्हो भएको छ । यो दु:खको कुरा हो । मानव स्वास्थ्य आज जोखिममा छ भन्दा खासै फरक छैन । आजकल मेडियाहरूले पलाष्टिकको चामल समेत बनाएर बजारमा आएको छ, होसियार भन्दा मन कस्तो कस्तो हुन्छ । आज पैसाका लागि कसैको पनि गला रेट्ने काम हुदैछ यो नितान्त गलत छ ।

सोयाबीनमा प्रोटीन, क्याल्शियम, फाइबर, भिटामिन ई, बी कमप्लेक्स, थाइमीन, रिबोफ्लेविन, एमिनो एसिड, सैपोनिन, साइटोस्टेरोल, फेनोलिक एसिड पाइने भएकाले समय समयमा सोयाबीनको तरकारी पनि खाने गर्नुस भन्ने हाम्रो आग्रह छ ।

सोयाबीनको अन्य प्रयोग

१. सोयाबीनमा आयरन प्रशस्त पाइने हुनाले पुरूषको तुलनामा महिलालाई धेरै फाइदा गर्दछ । यसको साहेताले एनिमिया र ऑस्टि्योपोरोसिसबाट समेत बचाउनेछ ।

२. सोयाबीनमा प्रशस्त क्यालसियम पाइने भएकाले हड्डी चाडो खिईएको निको बनाउन यसले ठूलो मद्धत गर्नेछ ।

३. ब्लड प्रेशरका रोगीलाई सोयाबीनको तरकारी नियमित सेवन गर्न सके निको हुन सक्ने बढ्न विज्ञहरूको राय छ ।

४. सुगरका रोगीलाई समेत राम्रो फाइदा गर्दछ ।

५. मृगौला सम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

६. सोयाबीनमा एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

नोट : कुनै पनि बस्तु आवश्यक भन्दा बढी सेवन गरेमा नोक्सान गर्न सक्छ । यो सबैलाई थाहा भएको कुरा हो यसतर्फ सबैको ध्यान पुग्न जरूरी छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि चना खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!