आयुर्वेद

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मसलाको रूपमा प्रयोग हुने प्याजको फाइदा धेरै छ । प्याज काचै वा सलादको रूपमा खाने गरिन्छ । प्याज नेपालमा धेरै उत्पादन हुनेमध्ये एक हो । स्वास्थ्यमा यसको प्रयोग धेरै हुने गरेको पाइन्छ । नेपालमा प्याजको खपत बढी हुनाले छिमेकी राष्ट्र चीन तथा भारतबाट पनि ल्याउने गरेको पाइन्छ ।

हाम्रो भान्सामा हुने प्याजको बारेमा धेरैलाई थाहा भएको कुराहो तर मानव स्वास्थ्यमा के कस्तो अवस्थामा प्याजको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा पुरा जानकारी नहुनाले फाइदा हुनबाट बन्चित छौं । आजभन्दा पहिले पनि मैले प्याजको बारेमा जानकारी दिइसकेको छु ।

आजको लेखमा थप सामाग्री लिएर उपस्थित भएको छु । पढेर आफुले पनि फाइदा उठाउँदै सेयर गरेर सबैलाई जानकारी दिने प्रयत्न गरौं भन्ने मेरो आग्रह छ । प्याजमा सल्फर तत्व अधिक हुन्छ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ । साथमा यसले मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ ।

फाइदाहरू

१. यदि प्याज काँचो खाएमा यस्ले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ । डायबिटिजका रोगीले सलाद नियमित सेवन गर्नु पर्दछ ।

२. प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ ।

३. नाकबाट रगत बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ ।

४. प्याज काट्दा आँखामा आँशु आउँने गर्दछ । यस्तो प्याजमा भएको सल्फरको कारण हुने गर्दछ । आँखा नदेख्नेहरूले दैनिक प्याज काट्ने गरेमा आँखा देख्न सक्ने छन् ।

५. ठाउँबाट बाल झर्ने समस्या भएकाहरूको लागी प्याज महत्वपूर्ण औषधि मानिएको छ । जुन ठाउँमा बाल झरेको छ त्यस ठाउमा प्याज काटेर दल्नुस क्रमस बाल उम्रन थाल्दछ ।

६. वैज्ञानिकहरुको भनाई अनुसार नियमित प्याजको सेवन गर्नाले मुटु सम्बन्धी धेरै रोगबाट छुटकारा मिल्दछ ।

७. दक्षिण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निकाल्न मदत गर्दछ । जसले हर्ट अटैक तथा स्ट्रोक्सको खतरा कम हुन्छ ।

८. प्याजको आधा टुक्रा काटेर पैतालामा राखेर मोजा लगाएर सुत्नाले शरीर स्वस्थ राख्नुको साथै शरीरमा भएका व्यकार तत्वलाई फाल्ने काम गर्दछ ।

९. काचो प्याज खानाले इम्युनिटी पावर बढाउदछ । बुढेसकालमा छाला चाउरी पर्नबाट रोक्दछ ।

१०. बाल झर्ने समस्या देखिएमा प्याजलाई थिचेर रस निकाल्ने निकालेको रसलाई जरासम्म पुग्ने गरी धुनाले बाल झर्नबाट बन्द गराउदछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि चना खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!