धर्म-सस्कृतिलेखहरु

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती  

Surendra Prasad Sigdel
सुरेन्द्र प्रसाद सिग्देल

भगवान् कृष्ण मथुरा छाडेर किन भाग्नुभयो भन्ने एउटा रहस्य छ । एक ऋषिले कंशको ससुरा जरासन्धलाई १७ पटक भगवानसँग युद्ध हारेकोमा ब्राह्मणको सँगत पाएर तिम्रो कल्याण हुनेछ, १०८ ब्राह्मणलाई बोलाई पूजन यजन भोजन आदि गरेमा युद्ध जित्ने सल्लाह दिए । उक्त सल्लाह पाएपछि जरासन्धले १०८ ब्राह्मणलाई बोलाई पूजन यजन भोजन आदि गराई कृष्णसँग युद्ध जित्ने कामना राखी १०८ ब्राह्मणसंग युद्ध जित्ने यज्ञ गरायो । ति १०८ ब्राह्मणलाई भन्न लाग्यो यदि मैले यो युद्ध जिते भने तिमीहरुलाई मेरा आधा राज्य दिनेछु अन्यथा मैले युद्ध हारे भने तिमीहरुलाई मृत्युदण्ड दिनेछु भनी ब्राह्मणलाई वन्दी बनाई राखेको थियो । त्यो घटना भगवान् कृष्णले चाल पाई ब्राह्मण रक्षाका खातिर आफु समेत समस्त मथुरावासीलाई लिई मथुराबाट पलायन भई ब्राह्मणहरुको रक्षा गर्नु  भयो र जरासन्धको पहुँच भन्दा पर समुद्रको बीचमा द्वारका नगर खडा गरी गौरवशाली स्थानान्तरण हुनुभयो भन्ने किवदन्ती छ । उक्त जरासन्धको मृत्यु महाभारतको युद्धताका भिमसेनसंगको मल्लयुद्धमा भएको थियो ।

* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!