नीति

नीति अनुसार के कुरा व्यर्थ हो ?

Surendra Prasad Sigdel
सुरेन्द्र प्रसाद सिग्देल

१. वस्त्रविनाको गहना व्यर्थ हो, बोझ मात्र हो, वैरागी छैन भने ब्रह्म विचार व्यर्थ हो ।

२. विषय लंपट भएको मानिसले ब्रह्म विचारको चर्चा गर्नु समयको फगत खेर फाल्नु हो ।

३. रोगी शरीरको लागि भोग व्यर्थ हो त्यसले भोग गर्न सक्दैन ।

४. हरिभक्ति छैन भने जप योगादिभ्यास सिक्न जानु व्यर्थ छ ।

५. प्राण नै छैन भने सुन्दर शरीर वेकार हुन्छ र केही समय पश्चात् सडीगली गन्हाउन थाल्दछ ।

६. निर्लज्ज र अधर्म राजाबाट सुशासन तथा अमन-चयन सुख चाहनु अज्ञानताको उपज मात्र हो ।

 

* सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!