खानपान

स्वास्थ्यको लागि चना खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा चनाको महत्व ठूलो छ । चनाको नियमित सेवन गर्नाले स्वास्थ्यमा राम्रो भुमिका खेलेको देखिन थालेको छ । चनामा प्रशस्त फाइबर पाइने भएकाले पाचन शक्तिलाई बलियो बनाउन राम्रो भुमिका खेलेको हुन्छ । चना कालो र सेतो गरी दुई प्रकारको हुन्छ । सेतो भन्दा कालो चनालाई बढी प्रयोग गर्ने गरेको पाइन्छ । यो काचै वा पकाएर वा भुटेर खान सकिन्छ ।

फाइदाहरु

१. रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।

२. चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

३. सुगर नहोस भन्ने चाहना भएकाहरूले चनाको सेवन गर्नु धेरै राम्रो भनेको छ । नियमित चना खाने व्यक्तिलाई रगतमा चिनीको मात्रा बढ्न बाट रोक्ने काम गर्दछ।

४. रातभरी भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखा परिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।

५. नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०-१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोर लगायत दाग, दाद आदि हराएर जान्छन् ।

६. पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!