आयुर्वेद

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरियो धनिया हरेक घरको भान्सामा हुने चिज हो । यसलाई अचारको रूपमा बढी प्रयोग गरेको पाइन्छ । सहि तरिकाले यसको प्रयोग गरेमा स्वास्थ्यमा राम्रो फाइदा लिन सकिन्छ । हामीले हाम्रो भान्साबाट यस्ता स्वास्थ्यमा प्रयोग हुने बस्तु जानी नजानी भएपनि प्रयोग गर्दै आएका छौं ।

प्रकृतिको अनुपम उपहार धनियाको बारेमा प्रकाश गराउन पाउदा आफुलाई गर्ब महसुस भएको छ । धनिया भनेर सेवन गर्नेहरुले धनियाको फाइदा जान्न सके अझ धनियालाई बढी प्रयोग हुने मैले विश्वास लिएको छु । हुन त यस अघिपनि मैले धनियाको बारेमा प्रकाश पारि सकेको थिए आउनुस आज अझ बढी प्रयोग गरेर स्वास्थ्य लाभ लिन नभुलौं भन्ने हाम्रो आग्रह छ ।

धनिया शितल प्रकृतिको हुनाले चक्कर लाग्ने समस्यामा धनियाको उपयोग हुदै गरको पाहिन्छ । हरियो धनियालाई पिसेर रस निकाल्नुहोस् आधा गिलास जति धनियाको रसमा मिश्री १/२ चमच जति मिलाएर खान दिनाले कमजोरी हटाउनुको साथै ताकत दिने चक्कर लाग्ने समस्या हटाउन राम्रो भुमिका खेल्दछ ।

धनियाका अन्य प्रयोग

१. हरियो धनियाको पातलाई राम्रोसँग पिसेर छानेको पानीलाई आधा गिलास पानीमा मिसाएर पिउँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

२. आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर खाँदा पेट दुखेको निको गर्छ ।

३. धनिया पिसेर यसको लेप मुसा आएको ठाँउमा लगाइदिँदा शरिरको मुसा हराउँछ । नियमित रुपमा धनियाको रस कपालमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।

४. हरियो धनियामा भिटामिन ‘ए’को मात्र प्रर्याप्त हुन्छ । नियमित रुपमा खानामा धनियाको प्रयोग गर्दा आँखाको रोशनी बढ्छ ।

५. एक चम्चा धनियाको रस बेसारमा दलेर लगाउदा अनुहारको छालामा चमक ल्याउछ ।

६. हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको पानीलाई आधा गिलास पानीमा मिसाएर पिउँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

७. आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर खाँदा पेट दुखेको निको गर्छ ।

८. हरियो धनियाँमा भिटामिन एको मात्र प्रर्याप्त हुन्छ । नियमित रुपमा खानामा धनियाँको प्रयोग गर्दा आँखाको रोशनी बढ्छ ।

९. हरियो धनियाँ र मिश्रीको बराबर परिमाणलाई सँगसँगै पिसेर यसको रसलाई बिहान र बेलुका दुई दुई चम्चा पिउने । निन्द्रा नआउने समस्या समाधान गर्छ ।

१०. पिनेको हरियो धनियाको पात र मिश्रीको नियमित सेबन गर्दा दम लगायतका श्वास-प्रश्वास सम्बन्धि रोग निको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!