जीवन-दर्शन

माया के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

माया न चाहेर हुन्छ नत खोजेर हुन्छ । माया अन्तर हृदयमा निहित एउटा पवित्र शब्द हो । माया चाहेर होइन आफै हुने हो । माया दुई शब्दले बनेको छ । मायामै यो संसार अडेको छ । माया यस्तो बस्तु हो जसलाई नत हेर्न सकिन्छ नत देख्न सकिन्छ, नत समात्न सकिन्छ केवल महसुस मात्र गर्न सकिन्छ ।

विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिने गरेको पाइन्छ । जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई अर्ध पागल बनाउन थाल्दछ । मानिसहरूले भने झै माया नि:स्वार्थ छ भनौ भने माया स्वार्थमा डुबेको पनि भेटेको छु ।

प्रेममा छलकपट हुँदैन भनौ भने छलकपट गर्नेको लामै लाइन देखेको छु । माया गरेर जीउने मर्नेहरू पनि डिभोर्स गरेर बसेको देखेको छु । माया ले नै कतिको जीवन एकदमै राम्रो बनाई दिएको छ । तर कतिको जिन्दगी नै बर्बाद पारी दिएको छ । यतिसम्म कि उनीहरुले आत्महत्यासम्म गरेका छन् ।

माया अथवा प्रेम विभिन्न प्रकारका उपमाहरुसँग जोडिन्छ जस्तो संसार अथवा जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नाता गोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया इत्यादि । माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवनमाथि खेलवाड गर्नु भनेको एकदमै पाप हो ।

आजकाल जुन हिसाबले मायामा विकृति बढेको छ । कसैलाई मीठा कुरा भन्दैमा, गुलाफको फूल दिँदैमा माया हुदैन ? माया भनेको आफुले चाहेर कहिले पनि हुदैन र पाउनु मात्र होइन माया गुमाउनु पनि माया हो । माया गर्नुस तर निश्वार्थ गर्नुस क्षणिक आनन्द लिएर कसैलाई धोखा नदिनुस यसैलाई भन्दछन् निश्वार्थ प्रेम ।

माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको सृष्टि सँगसँगै आएको भावना वा स्वभाव हो । त्यो स्वभाव पनि सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

माया (Love) किन हुन्छ ?

मायालुको माया पाउने सुत्रहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!