हेल्थ टिप्स

महिलाको स्वास्थ्य समस्यामा गाजरको भूमिका

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाजर हरेकले खानु भएको छ तर यस्ता वस्तुको प्रयोग कसरी गर्ने भन्नेबारे राम्रो जानकारीको अभावमा यो त्यसै खेर गएको छ । हाम्रो जीवनमा जानी या नजानी भएपनि प्रयोग हुनाले केहि लाभ अवश्य भएको हुनसक्छ । गाजरको विउको प्रयोगले महिलाको महिनावारीको समस्या भएमा यसको प्रयोगले राम्रो फाइदा हुने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरेको छ । हरेक महिलामा हुने यो समस्या भान्साबाटै समाधान हुन सक्ने देखिन्छ । यस्ता रोगको उपचारमा हामीले लाखौं रुपैयाँ खर्च गर्दागर्दै पनि निको नभएका घटना सुन्नमा पाइन्छ ।

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भएको हुनसक्छ । महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १-२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ ।

विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ । अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ । आजभोलि धेरै जस्तो युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ ।

पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ। हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ। आज मैले गाजरको प्रयोगबाट यस्तो समस्या हल हुन सक्ने फार्मुला पाठक सामु पस्कन गइरहेको छु ।

१. गाजरको बीउ १० ग्राम जति ल्याउनुस र त्यसमा २० ग्राम जति भेलीमा आधा लिटर जति पानी राखेर पकाउनुस पाक्दा पाक्दा आधा भएपछि उतारनुस र खान दिनुस या खानुस यस्को प्रयोगले बन्द महिना वारी खुल्द छ । गर्भवतीले भने यो औषधि सेवन नगर्नुस अन्यथा गर्भपतन हुन सक्छ ।

२. गुड नपाएको अवस्थामा गाजरको बीउ १०,१५ ग्राम जति गाजरको बीउलाई १०० एम.एल जति पानीमा पकाउनुहोस र आधा बाकी भएपछि उतारेर सितल भएपछि खान दिनुस ।

३. रेगुमिन्स यो औषधि आयुर्वेदिक पसलमा पाइन्छ । महिनावारी भएको पाचौं दिन देखि नियमित १५,२० एम.एल औषधि समभाग पानी मिलाएर ३ महिना जति सेवन गराउनुस ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गाजर खानुका यस्ता छन् फाइदै फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

स्याउ र यसको फाइदाहरु

तामाको भाँडामा राखेको पानी पिउदाका फाइदाहरु

कुमारवर्ती औषधालय

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!