राष्ट्रिय समाचारसमाचार

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

१९ पुस, भक्तपुर । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरका छन् । सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योल समेत कर्मचारीमा छ ।

स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम यहाँको सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् । गत मङ्सिरसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खुवाएको बताउँदै कर्मचारी दैनिक प्रशासन चलाउन र पानी खानसमेत कार्यालयमा बजेट नभएपछि आफूहरूले नै पैसा उठाएर यसको जोहो गर्ने गरेको कर्मचारकिो गुनासो छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!