मुख्य समाचार

७० वर्षपछि पृथ्वीको नजिक सबैभन्दा ठूलो चन्द्रमा देखिने

काठमाडौं, २८ कार्तिक । ७० वर्षपछि पृथ्वीको नजिक सबैभन्दा ठूलो चन्द्रमा देखिने ! चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो। चम्द्रमा पृथ्वीको वरिपरी घुम्दछ। चन्द्रमा प्रकृतिले हामीलाई दिएको एक अनुपम उपहार हो । यो वर्ष कार्तिक पूर्णिमाको दिन एक चमत्कार देख्न सकिने भएको छ । चन्द्रमा भोली कार्तिक २९ गते अर्थात नोभेम्वर १४ तारिक पूर्णिमाको दिन पृथ्वीको नजिक निकै ठूलो ‘सुपरमुन’ देखिने भएको छ ।

यस वर्षको अक्टोबर १६ मा पनि मानिसहरुले ‘सुपरमुन’ देख्ने अवसर पाएका थिए तर भोली जुन चन्द्रमा देखिनेछ त्यो औसत पूर्णचन्द्र भन्दा १४ प्रतिशत बढि ठूलो र ३० प्रतिशत बढि चम्किलो हुनेछ । भोली  बेलुका साझ ५ बजेर ३७ मिनेट जादा  उक्त ‘सुपरमुन’ देखिनेछ ।

यो हामी सबैका लागि महत्वपूर्ण अवसर हो भने यसरी चन्द्रमाको नजिक देखिन फेरि १८ वर्ष (सन् २०३४ नोभेम्बर २४) तारिखसम्म कुर्नपर्ने छ । यस महत्वपूर्ण समयमा देखिने चन्द्रमाको यो दृष्य अवश्य हामी सबैले प्रत्यक्ष दर्शन गर्न सकौं । ठूलो चन्द्रमाको गुरुत्वाकर्षणका कारण समुद्रका लहरहरू बढ्छन् । त्यसैले त्यो दिन समुद्र नजिक नजान वैज्ञानिकहरूले सल्लाह दिएका छन् ।

सन् १९४८ पछि चन्द्रमा धर्तीको सबैभन्दा नजिक हुनेछ जसका कारण धर्तीबासीले यसलाई निकै ठूलो देख्नेछन् । नासाका अनुसार नोभेम्बर १४ तारिखमा देखिने पूर्णचन्द्र सन् २०१६ को सबैभन्दा ठूलो चन्द्रमा नभई २१ औं शताब्दिकै ठूलो पूर्णचन्द्र हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!