विज्ञान जिज्ञासा

प्राकृतिक उपग्रह चन्द्रमा दूरसंचारको लागि किन प्रयोगमा ल्याइदैन ?

ग्रहलाई परिक्रमा गर्ने आकाशीय पिण्डलाई उपग्रह (Satellite) भनिन्छ  । मानवद्वारा निर्मित उपग्रहलाई कृतिम उपग्रह (Artifical Satellite ) भनिन्छ भने मानवद्वारा निर्मित नभई पृथ्वी लगायत अन्य ग्रहहरुको परिक्रमा गर्ने उपग्रहलाई प्राकृतिक उपग्रह (Natural Satellite ) भनिन्छ । अन्तरिक्षमा पृथ्वीको गतिविधी अवलोकन, दूरसंचारतथा मौसमको जानकारीको लागि कृतिम उपग्रह अन्तरिक्षमा छोड्ने गरिन्छ । चन्द्रमा पृथ्वीको प्राकृतिक उपग्रह हो । दूरसंचारमा सक्रियताका साथ काम गर्नको लागि कुनै पनि उपग्रहले पृथ्वीबाट संकेत प्राप्त गर्ने तथा यसलाई पृथ्वीमा रहेका अरु केन्द्रहरूसम्म प्रेषित गर्नमा सक्षम हुनुपर्छ ।

यसको अतिरिक्त, यी उपग्रहहरूलाई एउटा निश्चित स्थानको पनि आवश्यकता पर्न जान्छ जसले गर्दा आकाशमा, यी उपग्रहहरूलाई सजिलै यसको निर्धारित ढाउँमा भेट्टाउन अथवा खोज्न सकियोस । तर, यी माथीका कुराहरू चन्द्रमाको लागि लागू हुँदैनन् । चन्द्रमा सधै आकाशमा घुमिरहन्छ र मानिसले वनाएको दूरसंचार उपग्रहरूको अपेक्षा यसको दूरी पनि ज्यादा नै छ । अतः पृथ्वीबाट कुनै पनि संकेत प्राप्त गर्ने तथा ती संकेतहरू पृथ्वीसम्म प्रेषित गर्न धेरै समय लाग्ने हुन्छ । फलस्वरूप, यी संकेतहरूको गुणमा यति ह्रास आउँछ की तिनीहरू कुनै पनि कामको लागि उपयुक्त हुँदैनन् । यी नै कारणहरूले दूरसंचारको लागि प्रयोगमा ल्याउँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!