विज्ञानविज्ञान जिज्ञासा

विधि विज्ञानमा विवादित प्रलेख इकाईमा के के को परीक्षण गरिन्छ ?   

विधि विज्ञानमा विवादित प्रलेखमा निम्न लिखित परीक्षणहरु गरिन्छ ।

१.  हस्ताक्षर पहिचान

कुनै   प्रलेखमा रहेको  हस्ताक्षर कुनै व्यक्तिको निश्चित हस्ताक्षरसंग  मिल्छ  वा  मिल्दैन पहिचान गर्ने तथा कुनै  हस्तलिपि  र  हस्ताक्षर नक्कल गरिएको हो हैन पहिचान   गर्ने   ।

२. सच्याइएको   प्रलेख पहिचान 

कुनै   पर्व   लिखित   प्रलेखमा   पछिबाट   केही   अंश   वा   पुरै   प्रलेख   थपघट वा   केरमेट   गरीसच्याइएको   छ   वा   छैन   परीक्षण  गर्ने ।

३. ल्याप्चे   तथा   छाप   पहिचान :

रबर   छाप,   दस्तखत   छाप,   ल्याप्चे   छाप   आदि   प्रयोग   भएको   प्रलेखमा   सम्वन्धीत   छापहरु प्रयोग   गरिएको हो   वा   हैन   पहिचान  गर्ने   ।

४.  अदृश्य लिखत परीक्षण

लेखाइको    छाप    बसेको,    अक्षरको    रंग    उटाइएको,    अदृश्य    औंठाछाप,    खुट्टा    छाप    आदिरहेको   अदृश्य प्रलेख   परीक्षण  गर्ने ।

५. टाइपराइटर,  चेकराइटर आदिको   पहिचान 

टाइप    गरिएको    प्रलेख,    चेक    राइटरद्वारा  लेखिएका  अंकहरु  आदि  सम्वन्धीत  यन्त्रद्वारा  लेखिएको   हो  वा  होइन   पहिचान  गर्ने ।

६. मुद्रण,   फोटोकपी   आदि   गरिएको   प्रलेख   परीक्षण 

कुनै    पनि   छापिएको    अर्थात्    म’द्रित    प्रलेख    जस्तै   नोट,    पासपोर्ट,    परिचयपत्र,    प्रमाण पत्र, लेटर   हेड,  पुस्तक   आदि र अन्य  प्रलेखहरु  निश्चित  प्रलेखहरुसंग   मिल्दछन्  वा  नक्कली   हुन्   पत्ता  लगाउने ।  यस्तै कुनै   फोटोकपी   गरिएको  प्रलेख  सम्वन्धीत  यन्त्रबाट  फोटोकपी  गरिएको  हो  हैन  पत्ता  लगाउने ।

७. विक्षिप्त प्रलेख परीक्षण 

पानीले   भिजेर   वा   मसी   पोखिएर   वा   अन्य   कुनै   दाग   लागेर   वा   उडेर   नबुझिने भएको  प्रलेख  आदिमा  के लेखिएको   वा  छापिएको  थियो  पत्ता  लगाउने ।  यस्तै  कुनै  प्रलेख च्यातिएर   टुक्रा टुक्री  अवस्थामा  पुगेको  भए  ती टुक्राहरु   एउटै   प्रलेखका   हुन्   हैनन्  पत्ता  लगाउने ।

८. मसी  परीक्षण 

कुनै   प्रलेखमा   प्रयोग   गरिएको   वा   दुई   बेग्लाबेग्लै   प्रलेखमा   प्रयोग   गरिएको   मसी   एउटै   हो   वा   होइन जाँच   गर्ने ।  यसको  लागि  सामान्य  जानकारी   भिडीयो   स्पेक्ट्रलबाट  गर्न  सकिने   भएतापनि  यकिन  गर्नको लागि  प्रलेखबाट   मसी   निकाली   प्रयोग   गर्नुपर्ने   भएकोले सो  कार्य गर्न पुर्व स्वीकृतिको  आवश्यकता  पर्छ  ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!