विज्ञान जिज्ञासा

विधि विज्ञान (Forensic Science) भनेको के हो ?

भौतिक सवूत प्रमाणहरुको परीक्षण, विश्लेषण, तुलना, पहिचान आदिसँग सम्वन्धीत विज्ञान हो र यसको प्रयोजन खास गरी अपराध अनुसन्धान तथा न्याय सम्पादनमा गर्ने गरिन्छ । भौतिक सवूत प्रमाणले झुठो नबोल्ने, पक्ष विपक्षको आधारमा बयान नदिने, अदालत समक्ष प्रत्यक्ष साक्षीको रुपमा पेश गर्न सकिने र आवश्यकता परे पुनः परीक्षणको लागि संरक्षण गरी राख्न सकिने भएकोले देखि जान्ने तथा मानवीय साक्षी प्रमाण भन्दा भौतिक सबूत प्रमाणको विशेष महत्व रहेको हुन्छ ।

फोरेन्सिक साइन्सलाई नेपालीमा विधि  बिज्ञान भनिन्छ, यसको उपयोग परापुर्वकालदेखि नै भएकोपाईन्छ । कुनैपनि न्यायिक प्रयोजन वा अपराधिक कार्यसंग संलग्न भौतिक वस्तुको बैज्ञानिक तथ्यको आधारमा तर्कपूर्ण विश्लेषण गर्नु नै विधि बिज्ञान हो । यसरी न्यायिक प्रयोजन वा अपराधिक कार्यसंग संलग्न वस्तुको परीक्षण गर्दा बिज्ञानका सबै विधाहरुको उपयोग गरिन्छ । यसप्रकार बैज्ञानिक विकासलाई न्याय सम्पादन कार्यमा उपयोग गरिने हुँदा विज्ञानलाई जनस्तरसम्म पुयाउनको लागि विधि  बिज्ञान एउटा सशक्त माध्यम हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!