विज्ञान जिज्ञासा

दिउँसो तारा किन देखिँदैनन् ?

सामन्यतया भन्ने गर्छौ कि हामीमाथि नीलो आकाश छ । बादल नलागेको रात आकाशभरी नै ताराहरू चम्किरहेका देखिन्छन् । ती अनगिन्ती तारालाई दिउँसो चाहिँ हामी देख्न सक्दैनौं । ताराहरू दिन-रातसधैँ चम्किरहेका हुन्छन्, तर दिनमा सूर्यको प्रकाशले गर्दा तिनको उज्यालो देख्न सकिँदैन । दिउँसो सूर्यको किरण पर्नाले वायुमण्डलका कण उज्यालिन्छन् । वायुमण्डल नै उज्यालो फिक्का हुन्छ र देख्न सकिँदैन । यही वायुमण्डल र घामका कारणले दिउँसो तारा नदेखिएका हुन् ।

वायुमण्डल नहुँदो हो त दिउँसै तारा देख्न सकिन्थ्यो । वायुमण्डलभन्दा माथि पुगेका अन्तरिक्षयात्रीले दिउँसै पनि तारा देख्न सक्छन् ।सूर्य पनि एउटा तारा हो । तारा स्थ्रि हुन्छन् । सधैँ एकै ठाउँमा र उस्तै अवस्थामा हुन्छन् । नाङ्गा आँखाले पृथ्वीबाट करिब ८ हजार उत्तरी गोलाद्र्ध र ४ हजार दक्षिणी गोलाद्र्धतर्फ देखिन्छन् । पृथ्वीबाट देखिने सबभन्दा चम्किलो तारा सिरियस (Sirius) हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!