विज्ञान जिज्ञासा

डिजिटल फरेन्सिक (Digital Forensic) भनेको के हो ?

सञ्चित विद्युतीय सूचना (Electronically Stored Information) को गहिरो अध्ययनलाई डिजिटल फरेन्सिक (Digital Forensic)भनिन्छ । डिजिटल फरेन्सिक विषय फरेन्सिक विज्ञानको नयाँ देखापरेको एउटा शाखा हो । सामाजिक सेवाको क्षेत्रमा डिजिटल फरेन्सिकको उपयोग गरिनु वा सम्बोधन गरिनु आजको आवश्यकता बनिसकेको छ । डिजिटल प्रविधि वा सूचना प्रविधिसँग सरोकार राख्ने तथा यसबाट सेवा पुर्याइरहेकाहरूका लागि यो एकदमै सरोकारको विषय पनि हो । डिजिटल प्रविधिको बढ्दो प्रयोग तथा उपयोगका कारण यसले हाम्रो समाजमा निकै नै असर पारिराखेको छ । विकसित राष्ट्रहरूमा सूचना प्रविधि सामाजिक सेवाको क्षेत्रमा अत्यधिक प्रयोग भएको पाइन्छ भने हाम्रोजस्तो विकसोन्मुख राष्ट्रमा सूचना प्रविधिप्रति आकर्षित हुँदै गइरहेको अवस्था रहेको छ ।

हाल न्यायालय, लाइसेन्स, नागरिकता, राजस्व लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले समाजमा सेवाग्राहीहरूलाई धेरै हदसम्म राहत पुगेको हुनुपर्दछ वा राहत पुग्नेछ भने अरू क्षेत्रमा पनि यसको उपयोग विस्तार हुने क्रममा छ र विस्तार गरिनुपर्दछ । अर्थात् डिजिटल प्रविधिप्रति आकर्षित हुनु एकदमै राम्रो पक्ष हो । यसलाई व्यवस्थित गर्नु भने चुनौतीपूर्ण विषय हो ।विशेषगरीप्रविधिसँगका गतिविधिहरू विकास वा वृद्धि भइरहँदा यसले उत्तिकै समस्या र अपराधजन्य विकृतिहरू पनि बढाएको छ । अतः यो सम्वन्धीत निकायलाई एकदमै चुनौतीपूर्ण भइरहेको अवस्था छ ।

यस्तै किसिमका नकारात्मक गतिविधि वा प्रविधिसँग जोडिएका विकृतिहरूलाई व्यवस्थित गर्न यसमा कानूनी पक्ष, यससँग सरोकार राख्ने र कानून पालना गराउने निकायबीचको राम्रो समीकरण वा समन्वय भनेको सञ्चित विद्युतीय सूचनाको अध्ययन (डिजिटल विधि विज्ञान अर्थात् डिजिटल फरेन्सिक) विधि हो, जसले सर्वमान्य मापदण्ड निर्धारण गर्न सक्छ । यस किसिमको मापदण्डले निम्न कुरामा फाइदा हुने देखिन्छ । उदाहरणको लागि कसैले एक फ्रड (नक्कली) कार्ड प्रयोग गरी एटिएमबाट रकम निकाल्ने प्रयास गर्छ भने त्यो अपराधी ठहर्छ । तर, सही कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने कोसिस गर्दा पैसा प्राप्त हुँदैन । तर, खातामा त्यसको असर देखापर्दछ भने त्यसको विश्लेषण कसरी गर्ने ? नेपालको लागि अत्यावश्यक ठानिने यो परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नभएतापनि नेपाल सरकारको सहयोग भएमा उक्त सुविधा उपलब्ध गराउन सकिने कुरा सम्वन्धित निकायका अधिकारीहरु बताउछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!