विज्ञान जिज्ञासा

डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ? किन परीक्षण गराउने गर्छन ?        

प्रत्येक जीवका केही विशिष्ट गुण हुन्छन् ती कुनै सूक्ष्म जीव हुन् वा कुनै जनावर वा कुनै मानव । डीएनए परीक्षण गर्दा त्यही विशिष्ट गुणको स्वरूप पत्ता लगाउने प्रयास गरिन्छ । अहिले सबैजसो क्षेत्रलाई यसले छोएको देखिन्छ। फोरेन्सिक अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा यसका अनेक उपयोगिता छन् । मानव जनजातिदेखि वन्यजन्तुसम्म कुन जाति प्रजाति कसरी फैलिएर बसेका छन् वा वा कोसँग वंशाणुगत रूपमा बढी नजिक छन् भन्ने जानकारी यही परीक्षणबाट प्राप्त गर्न सकिन्छ ।

परीक्षण कुनै एक समयमा हुने भए पनि यसले पहिलेका घटनालाई निश्चितताका साथ भन्न सक्छ । कुनै आपराधिक घटनाको सन्दर्भमा के-कस्ता घटना कसरी कुन व्यक्तिको उपस्थितिमा भएको हो जानकारी दिन्छ । कुनै पीडित वा संदिग्ध व्यक्तिको पहिचान गर्छ । यसले रक्तसम्बन्धका बारेमा ठोस आधार प्रदान गर्छ । कुन व्यक्तिको सन्तान को हो, कुनै माता पिता वा सन्तान हराएको स्थितिमा पत्ता लागे पछि ठोस रुपमा ऊ नै हो भनेर पक्का गर्न सहयोग गर्छ । चिकित्सा विज्ञानमा यो प्रविधि अङ्ग प्रत्यारोपणमा कत्तिको समान छ भनेर हेर्न गर्न सकिन्छ ।

डीएनए परीक्षण यस कारण गराउने गर्छन

डीएनए परीक्षण कुनै शिशुको पिता को हो भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको जाँचको माग संसारभर बढेको पाइन्छ । त्यसका लागि सामान्यतः आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तीको परीक्षण गरिन्छ ।

तपाईंले किन यो परीक्षण गर्न चाहनु भयो थाहा भएन । यदि आफ्नी श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले परीक्षण गराउने निर्णयमा पुग्नुभएको हो भने केही कुरामा विचार गर्नु पर्ने हुन्छ । तपाइर्ंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा पर्याप्त विचार पुर्‍याउनुपर्छ। गर्भावधिमा आउन सक्ने विविधता तथा जन्मदा शिशुको स्थितिलाई विचार गर्नुपर्ने हुन्छ । यदि ती सबै कुरा ठीक छन् भने आफ्नी श्रीमतीको व्यवहार विचार गर्नुपर्ने हुन्छ। निश्चित रूपमा कुनै आधार नभई त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो । एकपल्ट सोच्नुहोस् त, तपाईले अनावश्यक रूपमा शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउनुभयो भने कति नरमाइलो मान्नुहोला ?

यो पनि पढ्नुहोस्  

डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?

विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

नेपालमा डीएनएको इतिहास कस्तो रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!