खानपान

काजु र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले मन पराउने मसलामा सवैभन्दा पौष्टिक काजुलाई मानेका छौं । काजु ड्राई फ्रूटको राजा हो । यो खानाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । काजूको उपयोग प्राय: मिठाई र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग हुने गरेको छ । काजु मिसाएको बर्फी सबैले मन पराउने भएकाले काजुको महत्व अझ बढेको देखिन्छ ।

फाइदाहरु

१. काजुको नियमित सेवन गराउनाले शरीरलाई बलियो बनाउने काम गर्दछ । स्वास्थ्यमा राम्रो फाइदा हुने भएपनि यसलाई धेरै भने खानु हुदैन । हुनत केहि बढी खायर खासै नोक्सान भने गर्दैन ।

यो पनि पढ्नुहोस्

कोदो र यसका फाइदाहरु

दही र मोहीका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

२. काजुमा प्रशस्त प्रोटिन पाइने भएकाले छाला र कपाल राम्रो हुन्छ । फेस नरम हुनुको साथै कपाल बढाउन राम्रो भुमिका खेलेको पाइन्छ ।

३. काजुको सेवन गर्नाले कोलेस्ट्रोल नर्मल राख्दछ । काजुमा प्रोटिन अधिक हुनाले चाडै पच्दछ । नियमित काजु सेवन गर्नाले ब्लड बढाउने काम गर्दछ ।

४. काजु खानेहरूको छाला नरम हुनुको साथै चमक देखिन्छ । चाडै बुढो नहोस् भन्ने चाहना हुनेले काजुको सेवन गर्नुपर्छ ।

५. भुल्ने बानी हुनेहरूका लागी काजु राम्रो खुराक हो । काजुमा भिटामिन बी प्रसस्त हुने भएकाले र काजु खाइसकेपछि मह सेवन गर्नाले यूरिक एसिड बन्नबाट रोक्दछ । यूरिक यसिड र ब्लड प्रेशर पनि कन्ट्रोल हुने भएकाले काजु सेवन गर्ने बानी बसालौं ।

Like & Follow us on Facebook

६. काजुमा प्रोटिनको राम्रो स्रोत भएकाले हड्डी बलियो बनाउन राम्रो भूमिका खेल्दछ । काजुमा मोनो सैचुरेटेड फ्याट पाइने भएकाले मूटुलाई सुरक्षित राख्ने काम गर्दछ ।

७. काजुमा एंटी ऑक्सीडेंट तत्व हुने भएकाले पाचन कृया राम्रो बनाउनुको साथै दुब्लो भए मोटाउन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!