खानपानहेल्थ टिप्स

पालुंगो र यसका फाइदाहरु

हरियो सागमध्ये पालुंगो सबैभन्दा तागतिलो हुन्छ भनिन्छ । यो साग खाँदा पनि हामी यस्तै सोचिरहेका हुन्छौँ । पालुंगोको तरकारी, सुपसहित थुप्रै परिकार बनाउन सकिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, के, सी, म्याग्नेसियम, आइरन र म्यागनिज हुन्छ । क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर र खनिज पनि पाइन्छ यसमा ।

फाइदाहरु

१. आँखाको ज्योति बढाउन

विभिन्न अध्ययनअनुसार, रक्तचापलाई ठाउँमा राख्न, आँखाको ज्योति बढाउन र अक्सिडेटिभ तनाव कम गर्न पालुंगोको सेवन उपयुक्त हुन्छ । पालुंगो भिटामिन ‘ए’को राम्रा स्रोत हो । यो भिटामिन आँखाको ज्योति बढाउन निकै उपयोगी हुन्छ । हामीले आँखाको ज्योति बढाउन गाँजर खाने गरेका छौं, तर गाँजरबाहेक पालुंगोमा समेत पर्याप्त मात्रामा भिटामिन ‘ए’ हुन्छ । त्यसैले पालुंगो नियमित रूपमा खान सके आँखाको ज्योति बढ्दै जान्छ ।

२. रक्तअल्पता हुन नदिन

रक्तअल्पताको समस्या भएकाहरूले त झन् पालुंगो खानु अति राम्रो मानिन्छ । यसमा पर्याप्त मात्रामा आइरन हुने भएकोले यो नियमित खाँदा रगतको कमी हुन पाउँदैन । यसमा भएको आइरन पनि हाम्रो शरीरले सहजै सोस्ने खालको हुन्छ ।

३. गर्भवती महिलामा फोलिक एसिडको कमी हुन नदिन

गर्भवती महिलालाई प्राय: फोलिक एसिडको कमी हुने गर्छ । यो कमी हटाउन पालुंगो खानु फाइदाजनक हुन्छ ।

यो पनि पढ्नुहोस्  

कोदो र यसका फाइदाहरु

दही र मोहीका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

४. रोगप्रतिरोधी प्रणाली बलियो बनाउन

पालुंगोले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसको नियमित सेवन गरे बिरामी परिँदैन, शरीरमा संक्रमणको जोखिम पनि कम हुन्छ ।

५. हाड दरिलो पार्न

पालुंगोले हाड बलियो बनाउँछ । यसमा दूधपछि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । त्यही भएर यसको सेवनले हाड दह्रो हुने गर्छ । यसमा पाइने क्याल्सियम बढ्दा बालबालिका, बूढापाका, गर्भवती र स्तनपान गराउने आमाहरूका लागि निकै लाभदायक मानिन्छ । पालुंगो खानाले स्तनपान गराउने आमामा दूधको उत्पादनसमेत बढ्छ ।

६. म्याग्नेसियमको पूर्ति गर्न

पालुंगोमा धेरै मात्रामा म्याग्नेसियम नामक पोषकतत्त्व हुन्छ । म्याग्नेसियमले हाम्रा शरीरमा ऊर्जा दिन्छ । यसैले यसको सेवन हतपती थकाइको अनुभव हुँदैन ।

७. मांसपेशीलाई बलियो बनाउन

पालुंगोको सेवनले मांसपेशीलाई बलियो बनाउँछ । यसमा भएको इनअर्गेनिक नाइट्रेट मांसपेशीलाई बलियो बनाउने गरेको हो । यसमा भएको फ्लेबोनोइडले एन्टिअक्सिडेन्टको काम गर्छ । यो तत्त्वले रोगप्रतिरोधक क्षमता बढाउँछ, मुटुसम्बन्धी रोगसँग लड्न सघाउँछ ।

Like & Follow us on Facebook

८. पाचनतन्त्र बलियो बनाउन

यसमा पाइने बिटा क्यारोटिन र भिटामिन सीले शक्तिक्षय हुनबाट जोगाउँछ । यसको सेवनले पाचनतन्त्र बलियो हुन्छ, भोकसमेत बढाउँछ ।

९. कपाल झर्न नदिन

पालुंगो कपालका लागि समेत फाइदाजनक मानिन्छ । कपाल झर्ने समस्या भएका व्यक्तिले नियमितजसो पालुंगो खाने गर्दा त्यसबाट मुक्ति पाइन्छ । शरीरमा आइरनको कमी भयो भने कपाल झर्ने हो, पालुंगोमा आइरन पर्याप्त मात्रामा पाइन्छ ।

१०. डन्डिफोर, कालो पोतो हटाउन

पालुंगोको सेवनले छाला रुखो हुनबाट जोगिन्छ । अनुहारको डन्डिफोर, कालो पोतो हट्दै जान्छ ।

११. शारीरिक तौल घटाउन

यो सागलाई शारीरिक तौल घटाउन समेत उपयोगी मान्ने गरिएको छ । यसमा क्यालोरी र फ्याट धेरै कम हुन्छ भने फाइबर (रेसा) चाहिँ धेरै मात्रामा हुन्छ । यसैले तौल कम गर्न पालुंगो खानु उचित मानिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!