आयुर्वेदहेल्थ टिप्स

ज्वानो र यसका फाइदाहरु

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । हाम्रो भान्सामा यस्ता अनेकौं मानव स्वास्थ्यमा उपयोग हुन सक्ने खालका औषधि छन् जसको प्रयोगले थोरै मेहनतमा ठुल्ठूला रोग निको बनाउन सकिन्छ । ज्वानो सुत्केरी अवस्थामा दिनाले आंग कस्नुको साथै दूध बढाउने कुरा अधिकांशलाई थाहा छ । तर ज्वानोबाट अन्य थुप्रै खालका रोग निको हुने कुरा थाहा नभएको हुन सक्छ ।

ज्वानो खानुका फाइदाहरु

१. सर्दी र रुघाखोकीमा ज्वानो

सर्दी अथवा रुघाखोकी लागेको बेला ज्वानो अमृततुल्य हुन्छ । १५ देखी २० दिनसम्म लगातर भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसगै ज्वानो चपाएर खादा खोकीमा फाइदा गर्छ ।

२. पेट दुखाइमा ज्वानो

मनतातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपज ठिक भएर जान्छ ।

यो पनि पढ्नुहोस् 

ग्यास्ट्रिकको औषधि ज्वानो

रक्सीको लत छोड्न ज्वानो

भान्साको औषधि ज्वानो र यसको उपयोग

जौ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

३. दममा ज्वानो

ज्वानोको धुवा लिदा सास फेर्न निकै सहज बनाउछ ।

४. मृगौलामा हुने पत्थरीमा ज्वानो

ज्वानो , मह र चुक अमिलो संमिश्रण नियमीत १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पुर्याउछ ।

५. तौल घटाउन ज्वानो

ज्वानोमा पेटमा भएका धेरै रोगहरु हटाउने सामर्थ छ । यसले दिसा खलास बनाउछ र तौल घटाउन सहयोग पुर्याउछ ।

६. रक्सी छुटाउन ज्वानो

ज्वानो प्रयोग गरेर बनाइएको काढापानी प्रतेक रात सुत्ने बेला ३० मिलिमिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मलि हटाउन सहयोग गर्छ ।

७. हैजामा ज्वानो

हैजाका कारक किटाणुहरुलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

८. पेट फुल्ने र वायुविकारमा ज्वानो

वायुबिकार र पेट फुल्ने रोगमा जादुगरि औषधि हो ज्वानो । ज्वानो उमालेर तेस्को वाफ खाने हो भने उल्लिखित रोगहरुमा धेरै नै लाभ हुन्छ ।

९. कम्मर दुख्ने रोगमा

एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानीसँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

Like & Follow us on Facebook

१०. नाथ्री फुटेमा

नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

११. घाँटी बसेमा

एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

१२. शरीर दुख्ने रोगमा

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!