खेलकुद

फिफा वरियतामा जर्मनी एक स्थान माथि उक्लियो

कार्तिक ४, २०७३ । जर्मनी फिफाको पछिल्लो विश्व वरियता क्रममा दोस्रो स्थानमा उक्लेको छ । विश्वकप छनोटमा चेक गणतन्त्र र उत्तरी आयरल्यान्ड माथि जित हात पारेपछि विश्व च्याम्पियन्स जर्मनी एक स्थान माथि उक्लेको हो ।

विश्वकप छनोटमा कमजोर प्रदर्शन गर्दै अप्ठ्यारो स्थितिमा पुगे पनि अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ । ब्राजिल पनि एक स्थान माथि उक्लेर तेस्रो स्थानमा आइपुगेको छ । पूर्वविश्व नम्बर एक बेल्जियम दुई स्थान झरेर चौथो स्थानमा पुगेको छ । सन् २०१५ को मार्चयता बेल्जियम पहिलो पटक शीर्ष तीनभित्र नपरेको हो ।

गत महिना भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बेल्जियमलाई पराजित गरेको स्पेन पुन: शीर्ष १० भित्र छिरेको छ । युरो २०१६ मा सनसनी मचाएको वेल्स ११ औं स्थानमा झरेको छ । पाँचौंदेखि नवौं स्थानमा क्रमश: कोलम्बिया, चिली, फ्रान्स, पोर्चुगल र उरुग्वे छन् ।

नेपाल १ सय ८६ औं स्थानमा यथावत् छ । दक्षिण एसियाली राष्ट्रमा भारत ११ स्थान माथि उक्लँदै १ सय ३७ औं स्थानमा आइपुगेको छ । अफगानिस्तान १ सय ४५, माल्दिभ्स १ सय ५८, भुटान १ सय ७९, बंगलादेश १ सय ८८, श्रीलंका १ सय ९४ र पाकिस्तान १ सय ९७ औं स्थानमा छन् ।

साभार : कान्तिपुर 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!