धर्म-सस्कृति

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व ! विश्वास त्यो कडि हो जसको सहयोगले हामीले सोचेको कुरा सोझै फल प्रदान गर्दछ । आँकलाई नचिन्ने शायद को होला यो आयुर्वेदिक जडिबुटी सवैभन्दा उच्च स्थानमा पर्दछ । आजकाल यसको प्रयोग कतिपय कम्पनीले किट्नाशक औषधिको रूपमा गरेको पाइन्छ यो विषादी हुने हुनाले उखाल्दा टिप्दा आँखालाई बचाउनुपर्छ ।

हिन्दू परम्परामा आँकसंग विवाह गर्दा सौताको ग्रह कट्छ भनेर ज्योतिषशास्त्रमा लेखेको हुनाले आँकसंग विवाह गर्ने चलन छ । आँकको आयु २५ बर्षको पुगेमा आँकको जरामा गणेशको मुर्ति बनेको पाइन्छ । यो मुर्तिलाई विधि विधान अनुसार स्थापना गराउन सके लक्ष्मीको बास हुने जडिबुटीतन्त्रमा उल्लेख गरिएको छ ।

आयुर्वेदिकमा आँकको जरा जति तितो हुन्छ त्यसमा औषधिको गुण त्यति नै बढी हुने कुरा लेखेको छ । कांटा गडेको छ निकाल्न समस्या परेमा आँकको दुध लगाई दिनुहोस कांटा बाहिर निकाल्दछ । सुगरको रोग लागेको मानिसलाई यो नखाई प्रयोग मात्रै गरे निको हुनेबारे मैले पहिलै प्रकाश पारेको छु पक्कै पढ्नु भएको हुनसक्छ ।

आँकबाट थुप्रै फाइदाहरू हामीले उठाउन सक्छौं । तान्त्रिक शक्ति भएको आँक आज यो पनि लोपोन्मुख हुन थालेको अवस्था छ । यो वनस्पति गर्मी ठाउँहरूमा हुर्कने १ देखि ३ मिटरसम्म अग्लो हुने हाँगाबिगायुक्त सदाबहार बुट्यान (Small to medium-sized shrub) हो।

यसको पात तथा काण्डलाई चुडाउँदा दुध जस्तो सेतो चोप निस्कन्छ । यस वनस्पतिको काण्डको बोक्रा र पातहरू टाढैबाट खरानी जस्तो सेतो फुस्रो देखिन्छ । वोट परिपक्व हुनुभन्दा अघिको उमेरमा सेतो भुवादार झुसहरूले यसको काण्डलाई ढाकेको हुन्छ।

आज मैले आँकको तान्त्रिक प्रयोग कसरी गर्दा कस्तो फाइदा हुनसक्छ भन्ने विषयमा पाठकलाई जानकारी पस्कन लागेको छु । यसको धार्मिक मान्यता जस्तै अन्य फाइदा पनि हामीले उठाउन सकेमा ठूलो उपलब्धी हुनेछ । हुनत: नेपालीहरूमा यस्तो विषयमा विश्वास नगर्ने जमात बढ्दैछ ।

प्रयोग कसरी गर्ने ?

रविपुष्प नक्षत्रमा शुद्ध भएर ल्याएको आँकको जरालाई कालो धागोमा सानो टुक्रा चादीको ताबीजमा राखेर दाहिने भुजामा बाधनाले आर्थिक समृधि बढ्ने र लक्ष्मीको आगमन हुने भनेको छ । कतिपयले सोच्नुहोला यसो गर्नाले लक्ष्मी बास हुने भए किन दु:ख गर्ने तर जहाँ विश्वास छ त्यहा सफलता अवश्य छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसीको धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

काली मार्सी चामलको महत्व

मखमली फूल र भाई तिहारको सांस्कृतिक महत्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!