शास्त्र

होशियार ! शनिवार यी ५ चीजहरु किन्दै नकिन्नुहोस्

होशियार ! शनिवार यी ५ चीजहरु किन्दै नकिन्नुहोस् ! हाम्रो हिन्दु धर्मशास्त्रका यदि तपाई विश्वास गर्नुहुन्छ भने शनिवारको दिन किनमेल गर्दा सावधान रहनुहोस् । शास्त्रमा केही यस्ता चीजका बारेमा उल्लेख गरिएको छ, जुन शनिवारको दिन किनमेल गर्नुहुँदैन । खासगरी, फलामबाट बनेको चीज छ भने त्यसलाई नकिन्दै राम्रो हुन्छ ।

१. फलामको किनमेल

फलामलाई शनिदेवको धातु मानिन्छ र शनिवारको दिन फलामबाट बनेको सामान दान गर्नाले शनिदेव प्रसन्न हुन्छन् भन्ने पनि मान्यता छ । तर, यदि तपाई यसको विपरित फलाम किनमेल गर्नुभयो भने तपाईको घर–परिवारमा संकटको पहाड खस्न सक्छ । तपाई आर्थिक रुपले चिन्तित बन्न सक्नुहुन्छ र तपाईको काम बन्दा–नबन्दै बिग्रिन्छ ।

२. नुन र तेल

शास्त्रअनुसार, शनिवार नुन र तेलको खरिद गर्नाले छाला सम्बन्धि रोग हुनसक्छ ।

३. कालो तिल

शनिवारको दिन कालो तिल किन्नाले परिवारमा विपत्ति आउँन सक्छ ।

४. कालो जुत्ता

शनिवारको दिन कालो जुत्ताको किनमेल पनि तपाईलाई आपत निम्त्याउँने कुरा शास्त्रमा लेखिएको छ । शनिवार किनेको कालो जुत्ता लगाएर कुनै काममा जाँदै हुनुहुन्छ भने तपाईको दिन नै नराम्रो हुने र काममा बाँधा आउँन सक्ने बताइएको छ ।

५. कैची र मसी

शनिवारको दिन कैची किन्नाले सम्बन्धमा खटपट आउँन सक्छ भने मसी किन्नाले जीवनमा असफलता मात्रै आउँछ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् 

शनिबार यी चीजहरु नखाँदा राम्रो

यी ९ संकेतहरु भएमा तपाईलाई शनि दोषको प्रभाव परेको छ

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!