खानपान

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु ! शारीरिक बनावट फरक हुने हुँदा महिलाहरुको स्वस्थ जीवनको लागि खास प्रकारको खानेकुराहरु खाने गर्नुपर्छ । महिला र पुरुषको शारीरिक बनावट फरक हुन्छ । धेरै महिलाहरु राम्री बन्ने होडमा डाइटिङ गर्ने गर्छन् भने कतिपय महिलाहरु चाहिँ कामको बेफुर्सदीले खानेकुरामा हेलचक्र्याँइ गर्छन् । दुवै अवस्थामा महिलाहरुको स्वास्थ्यमा असर परिराखेको हुन्छ । पुरुषको तुलनामा महिलाहरुले बढी आइरन भएका खाने कुराहरु तथा प्रशस्त मात्रामा भिटामिन तथा मिनरलयुक्त खानाहरु खाँदा राम्रो हुन्छ । महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु यस प्रकार छन् ।

१. ब्रोकाउली

हरियो सागसब्जी महिला होस् या पुरुष दुवैको लागि स्वस्थवर्दक हुन्छ । हरियो सागसब्जीमा भिटामिन सी र ए प्रचुर मात्रामा हुने हुँदा यस्ता खाद्य पदार्थले क्यान्सर, समय अगावै बूढोपना तथा मुटुसम्बन्धि रोगहरुसँग लड्ने क्षमता राख्दछन् । हरियो सागसब्जीमा बेटा कारोटिन नामक तत्व प्रचुर मात्रामा हुन्छ जसले छालामा आउने चाउरिपनालाई हटाउन मद्दत गर्दछ । त्यसैले २५ वर्ष भन्दा माथिका महिलाले दैनिक यो प्रयोग गर्दा लाभदायी हुन्छ ।

२. ग्लुकोजयुक्त खानेकुरा

शरीरलाई शक्ति प्रदान गर्न ग्लुकोजको आवश्यकता पर्छ । त्यसैले महिलाहरुले ग्लुकोजयुक्त खाद्यपदार्थहरु खानु आवश्यक हुन्छ । सुख्खा बदाम, सुन्तला आदिमा ग्लुकोज प्रशस्त हुन्छ । ग्लुकोजले शक्ति र शरीरलाई आवश्यकता पर्ने मेटाबायोलिजम् बढाउन मद्दत गर्दछ । साथै यसले रगतमा आवश्यकता पर्ने ग्लुकोजको मात्रालाई पनि बढाउँछ ।

३. माछा

यदि तपाई मांशाहारी हुनुहुन्छ भने आफ्नो खानामा माछालाई समेट्न नभुल्नुस् । माछाका प्रजातीहरु धेरै हुन्छन् । ती मध्ये साल्मोन माछा महिलाहरुको लागि उत्तम हुन्छ । समुद्रमा पाइने यो माछामा ओमेगा ३ नामक चिल्लो एसिड हुन्छ जसले क्यान्सर विरुद्ध लड्ने क्षमता वृद्धि गर्नुको साथै कोलेस्ट्रोल घटाउन, हृदयघाट कम गर्न, स्तन क्यान्सर हुनबाट बचाउन तथा डिप्रेसन तथा अल्जिमर जस्ता रोगबाट बचाउन पनि मद्दत गर्दछ ।

४. काउली

काउलीमा प्रचुर मात्रामा भिटामिन बी १, बी २ र बी ९ हुन्छ जुन महिलालाई अति आवश्यक हुन्छ । गर्भवति महिलाको लागि त झन भिटामिन बी ९ जसलाई फोलिक एसिड पनि भनिन्छ नभइ हुँदैन । काउलीमा यसको अलावा फस्फोरस, पोटासियम र प्रोटिन पनि हुन्छ । यो सजिलैसँग पचाउन सकिने तरकारी मध्येको एक हो ।

५. गेडागुडी

गेडागुडिमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । यस्ता खाद्य पदार्थले छिटो बूढो हुने समस्या, तौल घट्ने समस्या तथा स्तन क्यान्सर हुनबाट धेरै हदसम्म जोगाउँछ । भटमास, चना, केराउ जस्ता गेडागुडि दैनिक रुपबाट खानाले महिलामा शक्ति संचय भइराख्छ ।

६. दहि

दहि अति उत्तम खाद्य पदार्थ हो । यसमा क्याल्सियम, आइरन तथा भिटामिन बी हुन्छ जसले पाचनशक्ति बढाउनुको साथै पाचन प्रणालीलाई पनि सफा राख्दछ । त्यस्तै गरि दहिको दैनिक सेवनबाट छालालाई चम्किलो पनि बनाउन सकिन्छ ।

यो पनि पढ्नुहोस् 

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!