ज्योतिषशास्त्र

यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु

श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ । जसमा श्रीमान श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ ।

नेपालीको प्राय: घरमा सासु-बुहारी बिचको सम्बन्धलाई लिएर धेरै कुराहरु चल्ने गर्छन्। कोहीको सासु-बुहारी धेरै मिल्ने गर्छन् भने कोहीको भने खासै नमिल्ने गर्छन् । यस किसिमको सम्बन्ध स्थापित गर्नको लागि राशिले धेरै भूमिका खेल्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । ज्योतिष शास्त्रका अनुसार निम्न उल्लेखित राशि भएका महिलाहरु धेरै भाग्यमानी हुने गर्छन् । साथै यस राशि भएका महिलाहरु जिद्दी समेत हुने गर्छन् । जसका कारण यस राशि भएका बुहारीहरु आफ्नो कर्मघरमा राज गर्ने गर्छन् । यी हुन् आफ्नो श्रीमानलाई सधै दबाएर राख्ने ४ राशिका महिलाहरु, जानी राखौ ।

१. कर्कट राशि ‍

जिद्दी हुने भएता पनि यस राशिका महिलाहरु अरुलाई सजिलै मनाउन सक्ने क्षमता राख्ने गर्छन् । घर-परिवारमा हुने हरेक कार्यको निर्णयमा पनि आफू प्रतिनिधित्व गर्ने गर्छन् । आफ्नो पतिलाई मनाउन पनि खप्पिस हुने गर्छन् । जसको कारण आफ्नो कर्म घरमा कर्कट राशि भएका बुहारीले राज नै गर्ने गर्छन् ।

२. कन्या राशि

आफ्नो पतिलाई सजिलै काबुमा राख्ने क्षमता भएका कन्या राशिमा महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थितित बलियो रुपमा प्रस्तुत गर्ने गर्छन् । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम, दंड, भेद सम्पूर्ण प्रयोग गर्न पछाडी नहट्ने यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हरेक कदम चाल्ने गर्छन् ।

३. सिंह राशि

व्यवहारमा अत्याधिक जिद्दी मानिने यस राशिका महिलाहरु आफ्नो पतिलाई जिद्दीले नै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन् । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघर्मा राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने पनि खुबी हुने गर्छ ।

४. वृश्चिक राशि

जुनै पनि अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि नडराउने गर्छन् । वृश्चिक राशि भएका महिलाहरुको परिवारको हरेक कार्यमा आफै संलग्न भएर हावी हुने आदत नै हुने गर्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई गर्छन् अत्यन्तै माया

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!