मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काफल प्राय: गर्मी मौसममा फल्ने फल हो । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । यसको फल मात्र होइन यसको बोक्रा समेत औषधि गुणले भरिएको छ । मलाई काफल सारै मनपर्ने फलफूल अन्तर्गत पर्दछ ।

प्रकृतिले हामीलाई अनेकौं यस्ता फलफूल प्रदान गरेको छ । मौसम अनुसार हामीले फलफूल खाएर यसको फाइदा उठाउन सकिन्छ । काफलको बोक्रामा पाइने एन्टीसेप्टिक गुण हुने हुनाले कफ र ज्वरो नियन्त्रणमा लाभदायिक मानिन्छ । यसमा एन्टी एलर्जिक गुण रहेको एक अध्ययनले देखाएको छ ।

काफलको बोक्रा पेटको क्यान्सर, ज्वरो, रक्तअल्पता, मुख सम्बन्धि रोग, कफ आदि समस्याको निदानमा लाभदायिक हुने बताइएको छ । पश्चिमि मुलुकहरुमा काफल जस्तै थुप्रै फलफूलको प्रयोगले मानव स्वास्थ्यमा कस्तो प्रभाव देखाउन र स्वास्थ्य लाभबारे दिन सक्छ भन्ने कुराको वैज्ञानिक अध्ययन, अनुसन्धान हुदै छन् ।

नेपाली जगंलमा फल्ने काफल मात्र होइन थुप्रै फलफूल बारे वैज्ञानिक अध्ययन हुन जरुरी छ । व्यवसायिक खेती गरी काफलको फल बजारमा सर्वसुलभ गराउन सके देशको अर्थतन्त्र र जनताको स्वास्थ्य दुबै सबल हुन सक्छ । यस तर्फ सबैको ध्यान दिन आवश्यक छ ।

काफलको प्रयोगबाट निको हुने रोगहरू

१. केसर, कालो तिल र पुरानो गुडमा काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

२. काफलका बोक्राको काढा पाँच ग्राम चीनी वा मिश्री मिलाएर पिउनाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ ।

३. काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भएपनि आराम हुन्छ ।

४. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ ।

५. काफलको बोक्राको धुलो चाँडै निको नहुने घाउमा धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ ।

नोट : कुनै पनि चाहे बनेको औषधि होस् या बनाउने औषधि किन नहोस् अनुभवी व्यक्तिको रेखदेखमा सेवन गराउनु उत्तम मानिएको छ । यस्ता औषधि सेवन गराउदा वैद्य या वैकल्पिक चिकित्सकसंग परामर्श लिएर सेवन गर्नुहोला भन्ने हाम्रो आग्रह छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

3 thoughts on “मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

Leave a Reply

error: Content is protected !!

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/adminscience/public_html/wp-includes/functions.php on line 4757