विज्ञान जिज्ञासा

मानिसलाई करेन्ट कसरी लाग्छ ?

हाम्रो दैनिक जीवनमा करेन्ट लागेका घटनाहरु देखी र सुनी राखेका हुन्छौ । हामीलाई विद्युत् झट्का तब मात्रै लाग्छ जब करेन्ट हाम्रो शरीरबाट प्रवाह हुन थाल्छ । विद्युत् धारा हाम्रो शरीरबाट प्रवाह हुनुमा दुई अवस्था आवश्यक छ । एउटा हो, यसका लागि हाम्रो शरीरबाट विद्युत् बहनका लागि एउटा पूर्ण विद्युत् परिपथ बन्नुपर्छ । अर्को कारण, शरीरको जुन दुई बिन्दुहरूको बीचमा विद्युत् बहने हो, त्यसको भोल्टेजमा फरक हुनुपर्छ ।  विद्युत प्रवाहित नाङ्गो तार छोइयो भने हामीलाई करेन्ट लाग्छ । हाम्रो शरीर विद्युतको सुचालक माध्यम हो । तर, यसले विद्युतधाराको प्रवाह सहन सक्दैन ।

नाङ्गो तार या विद्युत प्रवाहित उपकरणसँग सीधा सम्पर्क हुँदा हाम्रो शरीरमार्फत विद्युतधारा प्रवाहित हुन थाल्छ ।  विद्यतुधाराको यही प्रवाहलाई हामी झट्काको रुपमा महसुश गछौँ । विद्युतधाराको मात्राअनुसार झट्काको मात्रा फरक हुन्छ । शरीरमा विद्युतधारा प्रवाहित हुँदा मांसपेशीमा संकुचन पैदा भई तिनीहरु खुम्चन थाल्छन् र रगतमा विद्युत विच्छेदन हुन्छ । विच्छेदनबाट धनात्मक र ऋणात्मक भाग छुट्न्छिन् । यसले शरीरको सामान्य प्रक्रियामा बाधा पुयाउँछ । मुटुको रगत प्रवाहमा बाधा पुग्छ । रगत प्रवाह अनियमित हुन्छ । मुटुको चालको प्रवाहबाट श्वासप्रश्वास र फोक्सोबाट काममा रोकावट आउँछ । यी सबै प्रक्रियामा एक्कासी आउने गड्बडीले मानिसको मृत्यु पनि हुन सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!