मुख्य समाचारस्वास्थ्य

होशियार ! खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुन सक्छ

होशियार ! खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुन सक्छ । लिची स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो । सबैभन्दा बढी लिची उत्पादन गर्ने देश चीन नै हो। लिची उत्पादनमा भारतलाई दोस्रो र दक्षिण अफ्रिकालाई तेस्रो मुलुक मानिन्छ। लिची  सामान्यतः चीन, मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस, दक्षिण अफ्रीका र नेपालमा पाइन्छ।

खाली पेटमा लिचि खानु जोखिमपूर्ण रहेको एक अध्ययनले देखाएको छ । खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । भारतको विहारमा सयौँ बालबालिकाको थाहा नभएको रोगबाट ज्यान गएको घटनाको अनुसन्धान गर्ने क्रममा अमेरिका र भारतका वैज्ञानिकले खाली पेटमा लिचि खाँदा ती बालबालिकाको ज्यान गएको निश्कर्ष निकालेका हुन् ।

ज्यान गुमाउने अधिकांश बालबालिका लिची उत्पादन हुने क्षेत्रका गरिब परिवारका रहेका र उनीहरुले बगैँचामा झरेको लिची खाएका स्वास्थ्य पत्रिका द ल्यान्सेटमा उल्लेख छ । लिचीमा शरीरमा ग्लुकोज उत्पादन गर्ने क्षमता कम गर्ने हाइपोग्लिकिन नामक विषादी हुने र खाली पेटमा लिची खाँदा बालबालिकाको रगतमा चिनीको मात्रा कम भएर उनीहरुको ज्यान गएको अध्ययनको निष्कर्ष छ ।

अनुसन्धानकर्ताले सन् २०१४ को मे देखि जुलाईको बिचमा बिरामी परेका बालबालिकामा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उनीले अभिभावकलाई लिचिको मात्रा कम गर्न तथा बालबालिकाले साँझको खाना खाए नखाएकोबारे ध्यान दिन सुझाव दिएको बिबिसीले जनाएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!