साहित्य-कला

असलसाथ जीवनको देशलाई

शोभा खतिवडा काफ्ले
शोभा खतिवडा काफ्ले

असलसाथ जीवनको देशलाई

असल साथ मेरो यो जीवनमा तिमी नै मगमगायौ !

बिहानीको सूर्य यो धरामा परे झैँ नै जगमगायो !!

 

तिमी मनको साथ र छौ मायाँको पनि तिमी साथ !

तिमी मेरो हर स्वासमा छौ तिमी छौ निस्वास साथ १

 

यो मनमा तिमी त छँदै छौ हरपल मेरो यसरी !

वसन्तमा वनमा पालुवा पलाए नै पो छौ जसरी !!

 

यो मनको रहरमा पनि त तिमी रम्छौ साथ यसरी !

सागरले पानी भरेको छ आफ्नो छातीमा जसरी!!२

 

मनको अधरले पनि खोज्छ साथ तिम्रो यसरी!

आकासमा तारा जगमग भएर रमाए नै जसरी !!

 

यो मेरै जीवनमा तिमी आयौ है कसरी यसरी !

सायद त्यो सूर्यमा ज्योति छरियो कि त त्यसरी !!३

 

कति शव्दको खेती छर्नु यो मनको मेरो धरामा !

तिमी कोपिला बन्दै फूल्नु है मनको मेरो धरामा !!

 

तिमी हर जुनि सायदैनै मेरै पो साथ थियौ कि !

नत्र यसरी आयौ मेरो यो कसरी जीवनमा पनि ??४

 

कतै मनको मायाँ छ कतै यो बनको सितल छायाँ

कतै पालुवाको खेती फूलको कतै छ मोह मायाँ!

यस्तो बन र उपबनका फूलका कथा सुन्दर जस्तै

जीवनमा सत्कर्म चढाऔँ यो धरामा हामी यस्तै!!५

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!