स्वास्थ्य

मानिस किन सुन्निन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिस किन सुन्निन्छ ? औषधि जसले पनि दिन सक्छ यो सामान्य कुरा हो तर उपचारमा रोग परिक्षणको ठूलो हात हु्छ । अन्दाजले गरेको उपचारले पनि धोका हुनसक्छ । मानिस सुन्निनुको पछि Kidney ले पनि काम नगरेको हुनसक्छ वा उसको शरीरमा रगतको कमि पनि हुनसक्छ । सुन्निनु भएको छ हामीले केवल पानी मात्र फाल्ने काम गरेको खण्डमा रोग निको नहुन सक्छ । मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा वा थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने पनि मानिस सुन्निन सक्छ ।

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ । तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ । मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको हुन्छ । बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ ।

खुट्टा सँगसँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ । तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुराको टुङ्गो लाग्छ । त्यसको लागि छातीको एक्सरे, इ.सी.जी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ । यस्तो समस्या देखिन थालेको छभने उसको कारण पत्ता लगाएर उपचार गर्न सके सामान्य उपचारबाट पनि रोग निको हुन सक्छ ।

हाम्रो गाउघरमा थुप्रै यस्ता समस्या देखिन थालेको छ । रोगको प्रमुख कारण हेरेर उपचार गरेको खण्डमा सामान्य उपचारबाट रोग निको बनाउन सकिन्छ । शरीर सुनिना साथ डाक्टरलाई देखाएर उपचार गराउनाले थप जटिलता नहुन सक्छ । यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेटेर उपचार गराउनुस् भन्ने हाम्रो परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!