Breaking NewsFeaturedविज्ञान

नाष्टले विश्व विज्ञान दिवसमा विज्ञान संवाद कार्यक्रम गर्ने

ललितपुर, कार्तिक २४ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको उपलक्ष्यमा विज्ञान संवाद कार्यक्रम गर्ने भएको छ । भोलि कार्तिक २५ गते अथवा नोभेम्बर १० का दिन विश्व विज्ञान दिवस, २०२० का उपलक्ष्यमा नाष्टले डिजिटल प्रविधि जुम मार्फत मिटिंग गर्ने भएको हो ।

उक्त विज्ञान संवादको शीर्षक ‘समाजको लागि र समाजसँग विज्ञान’ (Science for and with Society) भन्ने रहेको छ । नेपालमा विज्ञान र प्रविधिको महत्व अझ बढिरहेको सन्दर्भमा नाष्टले भोलि कार्तिक २५ गते बिहान ११:३० बजेदेखि दिउसो १:१५ बजेसम्म जुम मार्फत अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रम नाष्टका डा. सुनिलबाबु श्रेष्ठले उद्घाटन गर्नेछन् भने नाष्टका सचीव डा. महेश कुमार अधिकारीले स्वागत मन्तब्य राख्नेछन् । उक्त कार्यक्रमको संयोजक नाष्टकी लुना बज्र रहेकी छिन् भने सहजकर्ता नाष्टका प्राज्ञ प्रा. डा. रमेश कुमार मास्के गर्नेछन् ।

उक्त कार्यक्रमका प्यानलिस्टहरूमा केन्द्रिय भौतिकशास्त्र विभागका प्रा. डा. राजु खनाल र नाष्टका प्रविधि महाशाखाका प्रमुख डा. रविन्द्र प्रसाद ढकाल लगायत रहनेछन् भने पूर्व विज्ञानमन्त्री गणेश शाहले अन्त्यमा निष्कर्षको रुपमा आफ्नो धारणा राख्नेछन् ।

नाष्टले विश्व विज्ञान दिवसमा विज्ञान संवाद कार्यक्रम गर्ने

यस्तो छ कार्यक्रमको तालिका

नाष्टले विश्व विज्ञान दिवसमा विज्ञान संवाद कार्यक्रम गर्ने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!