विहिवारमा कुन देवी-देवताको पूजा गर्ने ?
विहिवारमा कुन देवी–देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, विहिवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।
विहिवार
नेपाली पात्रो अनुसार विहिवार हप्ताको पाँचौं दिन हो। यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ। ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पतिग्रहको नामले नामाकरण गरिएको हो। हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्। हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसारको पालनकर्ता मानिन्छ ।
Pingback: शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ? | Science Infotech