ज्योतिषशास्त्र

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ? 

शुक्रवारमा कुन देवीदेवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ,  शुक्रवारमा  कुन देवी-देवताको पूजा गरिन्छ ।

शुक्रवार

नेपाली पात्रो अनुसार शुक्रवार हप्ताको छैठौं दिन हो। ज्योतिषशास्त्र अनुसार यसलाई शुक्रग्रहको नामले नामाकरण गरिएको हो।हिन्दू धर्मावलम्बीहरू  शुक्रवारमा लक्ष्मीको पूजा गर्दछन्। लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार-सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

यो पनि पढ्नुहोस्

विहिवारमा कुन देवी-देवताको पूजा गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!