ज्योतिषशास्त्र

सोमवारमा कुन देवी-देवताको पूजा गर्ने ?

सोमवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, सोमवारमा  कुन देवी-देवताको पूजा गरिन्छ ।

सोमवार

हिन्दू धर्मावलम्बीहरू सोमवारमा शिवजीको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार सोमवारलाई शिवजीको वार मानिन्छ । यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । मध्य युरोप, खासगरी पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरुमा सोमवारको दिन केटीहरु पानी-पानी हुने दिन हो । सोमवारको दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफुलाई मन परेको केटीलाई पानी छ्यापेर टाउको देखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ । भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ । वर्षैभरीका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!