जीवन-दर्शन

के लोभ मृत्युको कारण बन्न सक्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लोभलालचले कसैलाई छोड्दैन लोभ गर्ने मानिस एकदिन यसरी नै समाप्त हुन थाल्दछ । लोभ भनेकै काल हो यो हमेसा बुझ्न आवश्यक छ । लोभ मानिसको काल हो भगवान शिवले भन्नुभयो कि लोभ त्यति गर जति तिमीलाई आवश्यक छ । गुलियो भन्नु नै माखाको काल थियो यदि उसले संयमता अपनाउन सकेन किनकि उसलाई डर थियो कि मैले चाँडो नगरे उसले भाडो रित्याउन सक्छ भन्ने डरले गर्दा बे समयमा मर्नु परेको थियो ।

लोभलालचले कसैलाई छोड्दैन । मेरो चिया गुलियो रहेछ मैले माखो वरिपरि घुमेकाले लोभको परिक्षण गर्न हेर्दाहेर्दै माखोले तातो चियामा हाम फालेर आत्मा हत्या गरेछ । यदि हाम्रो खानपान रहन सहन सहि हुन थाल्दछ तब हाम्रो आत्मा सफा हुन जान्छ र मात्र हामीले अरूको आत्मा चिन्न सक्छौं । गलत काम गर्नबाट बच्नेछौं ।

जसले आत्मा र प्रआत्मा चिन्न सक्छ त्यही नै भगवानकोप्रति रूप हो, हामी पनि भगवानद्वारा निर्मित जीव हौं तर गलत संस्कार हुर्कदै गलत खानपानले गर्दा हाम्रो अन्तरहृदय फोहर हुनाले हाम्रो विचार फोहर हुदै जान थालेको छ । मानिस यस्तो प्राणी हो जसलाई सहि बाटोमा हिडाउन सके सहि हुनसक्छ तर गलत बाटोमा लगाइदियो भने गलत बाटो मै अघि बढ्दै जान थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

धर्म संस्कृति र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!