स्वास्थ्य

धूम्रपान सवभन्दा बढी गरिने पाँच देशहरु 

धूम्रपान एक प्रकारको दुर्र्व्यसन हो। धूम्रपान भन्नाले खासगरी सुर्तीको धुँवा खाने  हो। धुँवा खाने तरीकाहरु विभिन्न छन् जस्तैः कसैले हुक्काबाट तमाखुको धुँवा तान्दछन् भने कसैले कागज वा पातमा सुर्तीलाई बेरेर त्यसलाई सल्काई ओठमा च्यापी धुँवा तान्ने गर्दछन्। त्यसैले चुरोट बिँडी तमाखु,, कक्ड जस्ता सुर्तीजन्य पदार्थहरुको सेवन नै धूम्रपान हो।

फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ। पब्लिक हेल्थ फ्रान्सुका अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो ।

१. रुस

रुस पाँचौ धेरै धूमपान गरिने देश हो। त्यहाँ १५ वर्षमाथिका करिब ६० प्रतिशत पुरुष र २३ प्रतिशत महिला धूमपान गर्छन्। कार्यस्थल र सार्वजनिक सवारी साधनमा धूमपान गर्नु कानुनविपरीत भएपनि सुर्तीजन्य पदार्थको व्यापक विज्ञापनलाई उच्च धूमपान दर हुनुको एउटा मुख्य कारण ठानिन्छ । केही पसलहरूमा एक बट्टा चुरोट एक डलरभन्दा कममा किन्न सकिन्छ। रुसी चुरोटले २२ अर्ब डलर बराबरको बजार ओगटेको बताइन्छ ।

२. ग्रीस

ग्रीस तेस्रो बढी धूमपान हुने देश हो। त्यहाँ देशका आधा भन्दा बढी पुरुष र ३५ प्रतिशत महिला धूमपान गर्छन् । सन् २००८ देखि नै सार्वजनिक स्थानहरूमा धूमपान निषेध गरिएपनि मानिसहरू जहाँ पनि चुरोट सेवन गरिरहेका भेटिन्छन् । ग्रीसमा चुरोटको तस्करी हुने गर्छ । एउटा बजार अनुसन्धान कम्पनी युरोमोनिटर इन्टर्न्याश्नलले सन् २०१९ देखि एथेन्सले बर्सेनि एक अर्ब युरो राजस्व गुमाउने अनुमान गरेको छ ।

३. पूर्वी टिमोर

पूर्वी टिमोर विश्वमा धूमपानको उच्चदर भएको देशमध्ये एउटा हो । त्यहाँ कुल जनसंख्याको लगभग ८० प्रतिशत पुरूष धूमपान गर्छन् जून विश्वकै उच्च हो। तर धूमपान गर्ने महिला चाहिँ छ प्रतिशत मात्रै छ।दक्षिण पूर्वी एशियाको विपन्न देश पूर्वी टिमोरमा एक बट्टा चुरोटको मूल्य एक डलर भन्दा कम पर्छ । सबै चुरोटका बट्टामा धूमपान घातक हुने लेखिएका भएपनि धूमपान गर्नेहरूलाई त्यसले छुँदैन किनभने त्यहाँ देशको जनसंख्याको आधाभन्दा बढी निरक्षर रहेका छन् ।

४. मोन्टिनिग्रो

पूर्वी युरोपको देश मोन्टिनिग्रोमा युरोपकै उच्च धूमपानको दर रहेको छ । त्यहाँ ४६ प्रतिशत मानिस धूमपान गर्छन्। उक्त बाल्कन देशको जनसंख्या छ लाख ३३ हजार रहेको छ। त्यहाँ एक जना वयस्क व्यक्तिले प्रतिवर्ष चार हजार एक सय २४ चुरोटका खिल्ली सेवन गर्छन् । सार्वजनिक स्थानहरूमा धूमपान गर्न प्रतिबन्ध लगाइएको भएपनि मानिसहरूले कार्यालय, खाजाघर, बार र सार्वजनिक यातायातमा धूमपान गर्छन् ।

५. किरिबास

टापु देश किरिबासमा धूमपानको दर विश्वकै उच्च रहेको छ। त्यहाँ जनसंख्याको दुईतिहाइ पुरुष र एक तिहाइभन्दा बढ्ता महिला चुरोट पिउँछन् । प्रशान्त क्षेत्रमा पर्ने उक्त टापुको जनसंख्या मात्रै एक लाख तीन हजार रहेको छ। सुर्ती विरोधी खुकुला नियमहरू र चुरोटमा कम कर लगाइने हुनाले त्यही सुर्तीजन्य पदार्थहरूमा मानिसहरूले सहजै पहुँच कायम गरेका छन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

वातावरण प्रदूषण पनि फाइदाजनक !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!