स्वास्थ्य

तुलसी र यसको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हाम्रो वरिपरि यस्ता अनगिन्ती औषधि छरिएका छन् जुन बहुउपयोगी छन् । तुलसीलाई हामीले गमलामा रोपेर पनि फाइदा लिन सकिन्छ । तुलसीमा पाइने हावामा घुलनशील तेलको गन्धले रोगका किटाणु समेत नस्ट गर्ने शक्ति तुलसीमा विद्यमान छ । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।

मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाउँछ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको ४०० मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरू समेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

विभिन्न कारणबाट खानाका पदार्थहरू जमीनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ ।तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसंग लड्ने क्षमता भएको कुरा पुष्टि भएको छ ।

मानव स्वास्थ्यमा तुलसीको प्रयोग

१. धेरै दिशा लागेमा

८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

२. आउँ, शुल परेमा

१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

३. दिशामा रगत आएमा

१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

४. अल्काई भएमा

तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

५. घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको महत्व

तुलसी र यसको अर्थ

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!