धर्म-सस्कृति

तुलसी र यसको अर्थ

हिन्दु धर्मावलम्बीहरुको प्राय: घरमा तुलसीको मठ हुन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ । धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ । तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिरामीबाट बच्न सकिन्छ ।

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनीय एवं उपयोगी वनस्पति हो । Lamiaceae परिवारमा बर्गिकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ। भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो । पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई “Basil” को रूपमा प्रयोग गरिन्छ जसको राग तुलसीको तुलनामा केही मन्द हुन्छ । तर तुलसीबाट तयार गरिएको चीया भने प्रसस्तै खपत हुन्छ ।

तुलसीको अर्थ

‘तु’ को अर्थ तुरीय अवस्था ज्ञानको प्रतीक राम, ‘ल’ को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चतत्वको ‘शरीर’ हो । ‘सी’ को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो । यसैले ‘तुलसी’ को शाब्दिक विश्लेषण हुन आउछ – ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन । ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सही रूपमा प्रयोगको अर्थ नै ‘तुलसी’ को शाब्दिक अर्थ हुन आउछ ।

ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू – वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ, जसमध्ये विश्वपूजिता र विश्वपावनीको अर्थ हुन्छ – सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन् । आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ ।भारतिय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ। ‘राम’ र ‘श्याम’ । यी दुई मध्य राम हरियो र ठूलो पात भएको हुन्छ र श्याम हलुका कालो रङ्गको हुन्छ । दुबै प्रजातिलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रूपमा पुजिने भएतापनि श्याम तुलसीलाई विशिष्ट मानिन्छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको प्रयोग

तुलसी र यसको प्रयोग

तुलसी र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!